ताजा समाचार

घ्याम्पेसालदेखि ताकुकोट जाने सडकखण्ड चार दिन बन्द

काठमाडौं । गोरखाको बारपाक सुलीकोट गाउँपालिका–६ को बहाकोटदेखि वडा ७ को वडा कार्यालय पाँचखुवा देउरालीसम्मको मुख्य सडक चार दिनको लागि बन्द हुने भएको छ ।

बारपाक सुलीकोट गाउँपालिका अन्तर्गत घ्याम्पेसाल हुँदै ताकुकोटमा रहेको गाउँपालिकाको कार्यालयसम्म पुग्ने सडक खण्ड धमाधम कालोपत्रे गर्ने काम सुरु हुन लागेकोले ४ दिन बन्द गरिएको बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्ष बिष्णु भट्टले जानकारी दिए ।

उनका अनुसार गण्डकी प्रदेशको भौतिक पुर्बाधार मन्त्रालय अन्र्तगत पुर्बाधार कार्यालय गोरखा मार्फत २७ करोड लागतको बजेटमा ८ किलोमिटर सडक कालोपत्रे हुन लागेकोले त्यस सडक मार्ग भएर चल्ने साना तथा ठुला सबारी साधनलाई बैकल्पिक मार्ग भएर सञ्चालन गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

अहिले घ्याम्पेसाल हुदै पाँचखुबा, देउराली हुदै ताकुकोट सडक खण्ड अन्तर्गत २०८१ चैत ११ गतेबाट २०८१ चैत १४ गतेसम्म सडक बन्द हुने भएकाले सडक यात्रुमा पर्न गएको असुबिधा प्रति गाउँपालिका सजक रहेको गाउँपालिकाले सोमबार निकालेको सुचनामा भनिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org