सञ्चारमन्त्री गुरुङले संसद्मा किन मागे माफी ?
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो अभिव्यक्ति शैली सच्याउने प्रतिबद्धता जनाउँदै माफी मागेका छन् ।
सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले आफ्नो अभिव्यक्तिका कारण सांसदहरूको मनमा चोट परेको भए क्षमा माग्दै आगामी दिनमा शैली सच्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
‘विगतको छलफलमा मैले जेजे शब्दहरू प्रयोग गरेँ, उखान टुक्का हालेँ, जेजे बिम्बहरू प्रयोग गरेँ, त्यसले तपाईंहरूको भावनामा साह्रै चोट पुग्यो भने फिल भयो,’ गुरुङले अघि भनेका छन्, ‘तपाईंहरू सबैले बोल्दा । मेरो यो शैलीले गर्दा तपाईंहरूलाई चोट लागेछ भने म आफ्नो शैली सच्याउने प्रतिबद्धता जाहेर गर्दछु ।’
आफूले कसैलाई होच्याउनका लागि अभिव्यक्ति नदिएको भन्दै आफ्नो जिब्रो सोझो रहेको र एग्रेसिप लजिकमा विश्वास गर्ने शैली आफ्नो रहेको जिकिर गरे ।
‘एउटा कुरा मैले आज बोल्नैपर्ने भएको छ । मेरो जिब्रो सोझो छ । सिधा छ । घुमाउरो छैन । म फेरि एग्रेसिप लोजिकमा विश्वास गर्छु । शैलीका हिसावले पनि । मैले कुनै मान्यको अपमान गर्ने ढंगले बोलेको पनि थिएन । मेरो मनमा एक प्रतिशत पनि छैन,’ उनले भनेका छन् ।
मन्त्री गुरुङले यसअघिको राष्ट्रिय सभा बैठकमा सांसदहरूलाई होच्याउने किसिमले अभिव्यक्ति दिएको भन्दै आलोचना भएको थियो ।
Comments
अरु समाचार
-
अपमान गरेको भन्दै उर्जा सचिव आचार्यलाई राज्यमन्त्रीको २४ घण्टे स्पष्टिकरण माग
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् । गत चैत...
-
दुर्गाा प्रसाईँ पक्राउ चर्चा: प्रहरीले भन्यो- पक्राउ परेका छैनन्
काठमाण्डौ । यही चैत १५ गते काठमाण्डौको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमान्डर दुर्गा प्रसाईं भारतमा समातिएको चर्चा भैरहँदा प्रहरीले...
-
एकीकृत समाजवादी कोशी प्रदेश अध्यक्षको जिम्मेवारी सरिता थापालाई
विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टी कोशी प्रदेश अध्यक्षमा सरिता थापा खड्का सर्वसम्मत चयन भएकी छन् । सुनसरीको इटहरीमा भएको...
-
दुर्गा प्रसाईँ भारतबाट पक्राउ परे
काठमाडौं । गत चैत १५ गते तिनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि फरार दुर्गा प्रसाईँ भारतबाट पक्राउ परेका छन् । राजजसंस्था पुनस्स्थापनाका लागि...
-
सरकार र शिक्षकहरुको वार्ता निष्कर्ष शुक्रबार सार्वजनिक गरिने
काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीच बिहिबार वार्ता भएको छ । शिक्षा मन्त्रालयमा साँझ सकिएको वार्तामा के सहमति भयो...
-
बानेश्वरमा शिक्षक र प्रहरीबिच धकेलाधकेल
काठमाडौं । काठमाडौंमा ९ दिनदेखि प्रदर्शन गरिरहेका शिक्षकहरूले माइतीघर–नयाँ बानेश्वर सडक खण्डको तीनवटै लेनमा प्रदर्शन गर्न खोजेपछि प्रहरीसँग धकेलाधकेल भएको...
-
माओवादी केन्द्रको उच्चस्तरीय भ्रमण टोली चिनमा
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेकपा माओवादी केन्द्रको २० सदस्यीय उच्चस्तरीय भ्रमण टोली चीन भ्रमणमा गएको छ । माओवादी...
-
शिक्षक महासंघको वर्ता टोलीको नेतृत्वमा नानुमाया पराजुली
काठमाडौं । काठमाडौंमा आन्दोलनरत नेपाल शिक्षक महासंघले सरकारसँग वार्ता गर्न चार सदस्यीय टोली बनाएको छ । महासंघको सहअध्यक्ष नानुमाया पराजुलीको...
-
प्रधानमन्त्री ओलीद्वारा पाणिनि सम्मेलन उद्घाटन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीको पाणिनि गाउँपालिकामा आयोजित ऐतिहासिक पाणिनि सम्मेलनको आज एक समारोहबीच आज उद्घाटन गरेका छन्...