नगर प्रहरीका एसपी राजु पाण्डेलाई तुरून्त कारबाही गर
(सम्पादकीय)
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, नेपाली कांग्रेस र नेकपा (एमाले) का डेढदर्जन वडाध्यक्ष, कार्यपालिका सदस्य र विगत साढे तीन महिनादेखि तलव खान नपाएका महानगरका कर्मचारीहरूले बिहीबार चैत्र २१ गते बिहान ११ बजे काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाइएको ताला फोडेर प्रमुख प्रशासकीय अधिकृत सरोज प्रसाद गुरागाईलाई कार्यकक्षमा बसाएका छन् । यस क्रममा महानगरको प्रमुख प्रशासकीय अधिकृत गुरागाईको निर्देशनमा परिचालित हुने काठमाडौं महानगरका नगर प्रहरी उपरीक्षक राजु पाण्डेले दादागिरी शैलीमा कार्यकक्ष खोल्न अवरोध गर्ने, अनाधिकृत रूपमा नगर प्रहरी जम्मा गरेर शक्ति प्रदर्शन गर्ने, महानगरका कर्मचारीहरूलाई आ-आफ्नो कार्यकक्षमा जान गैरकानुनी आदेश दिने, मेयर बालेन्द्र साह र उनको सल्लाहकार र स्वकिय सचिवको आदेशमा प्रमुख प्रशासकीय अधिकृत (सहसचिव) को कार्यकक्षमा तालाबन्दी गर्न खोज्ने गैरकानुनी हर्कत गरेकाले सरकारले उनलाई तुरून्त निलम्बन गरि सहसचिवमाथि दुर्व्यवहार गरेको अभियोगमा पक्राउ गरि कारबाही गर्नु पर्दछ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई नगरपालिकाका जनप्रतिनिधि, कार्यपालिका सदस्य र कर्मचारीहरूले ठ्याक्कै तीन महिना १४ दिनपछि बिहीबार कार्यालयमै पुगरे हाजिर गर्ने तयारी गरेपछि मेयर बालेन साहले अवरोध गर्ने प्रयास गरेका थिए । उनले नगर प्रहरी परिचालन गरेर प्रवेशमा रोक लगाउने प्रयास गरे पनि अधिकांश वडाध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरुले भने गुरागाईँको स्वागत गरेका थिए । कार्यकक्ष तोडेर प्रमुख प्रशासकीय अधिकृत गुरागाईलाई हाजिर गराएका छन् । अब चार महिनादेखि रोकिएको तलव खुवाउने, सम्पन्न भएको निर्माण कार्य र खरिद कार्यको भुक्तानी दिने बाटो खुलेको छ। उपप्रमुख डंगोल, बहुसंख्यक वडाध्यक्ष,कार्यपालिका सदस्य र कर्मचारीहरुले मेयर साहले अभिभावकीय भूमिका खेल्न नसकेको भन्दै कडा आलोचना गरेका छन् ।
काठमाडौं महानगर प्रहरी सेवा नियमको दफा ५ मा ‘महानगर प्रहरीको परिचालन, रेखदेख, नियन्त्रण र निर्देशन दिने अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई हुनेछ र निजको आदेश र निर्देशन पालना गर्नु प्रत्येक महानगर प्रहरीको कर्तव्य हुनेछ’ भनिएको छ। महानगर प्रहरीको यो नियम विपरित नगर प्रहरी उपरीक्षक पाण्डेले मेयर बालेनको आदेशमा प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार गर्नु र उनको आदेश नमान्नु चरम गैरजिम्मेवार कार्य हो। त्यसैले उनलाई कारवाही गर्नु पर्दछ। प्रमुख प्रशासकीय अधिकृत गुरागाईँको आदेश नटेरि पाण्डेले दादागिरी शैलीमा उल्टै प्रमुख कार्यकारी अधिकृतलाई कार्यकक्षमा जान रोक्ने र पुनः कार्यकक्षमा तालाबन्दी गर्न खोजेको अभियोगमा तत्कालै प्रमुख प्रशासकीय अधिकृत गुरागाईले निलम्बन गरि कारवाही गर्नुपर्दछ।
Comments
अरु समाचार
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...











