नगर प्रहरीका एसपी राजु पाण्डेलाई तुरून्त कारबाही गर
(सम्पादकीय)
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, नेपाली कांग्रेस र नेकपा (एमाले) का डेढदर्जन वडाध्यक्ष, कार्यपालिका सदस्य र विगत साढे तीन महिनादेखि तलव खान नपाएका महानगरका कर्मचारीहरूले बिहीबार चैत्र २१ गते बिहान ११ बजे काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाइएको ताला फोडेर प्रमुख प्रशासकीय अधिकृत सरोज प्रसाद गुरागाईलाई कार्यकक्षमा बसाएका छन् । यस क्रममा महानगरको प्रमुख प्रशासकीय अधिकृत गुरागाईको निर्देशनमा परिचालित हुने काठमाडौं महानगरका नगर प्रहरी उपरीक्षक राजु पाण्डेले दादागिरी शैलीमा कार्यकक्ष खोल्न अवरोध गर्ने, अनाधिकृत रूपमा नगर प्रहरी जम्मा गरेर शक्ति प्रदर्शन गर्ने, महानगरका कर्मचारीहरूलाई आ-आफ्नो कार्यकक्षमा जान गैरकानुनी आदेश दिने, मेयर बालेन्द्र साह र उनको सल्लाहकार र स्वकिय सचिवको आदेशमा प्रमुख प्रशासकीय अधिकृत (सहसचिव) को कार्यकक्षमा तालाबन्दी गर्न खोज्ने गैरकानुनी हर्कत गरेकाले सरकारले उनलाई तुरून्त निलम्बन गरि सहसचिवमाथि दुर्व्यवहार गरेको अभियोगमा पक्राउ गरि कारबाही गर्नु पर्दछ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई नगरपालिकाका जनप्रतिनिधि, कार्यपालिका सदस्य र कर्मचारीहरूले ठ्याक्कै तीन महिना १४ दिनपछि बिहीबार कार्यालयमै पुगरे हाजिर गर्ने तयारी गरेपछि मेयर बालेन साहले अवरोध गर्ने प्रयास गरेका थिए । उनले नगर प्रहरी परिचालन गरेर प्रवेशमा रोक लगाउने प्रयास गरे पनि अधिकांश वडाध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरुले भने गुरागाईँको स्वागत गरेका थिए । कार्यकक्ष तोडेर प्रमुख प्रशासकीय अधिकृत गुरागाईलाई हाजिर गराएका छन् । अब चार महिनादेखि रोकिएको तलव खुवाउने, सम्पन्न भएको निर्माण कार्य र खरिद कार्यको भुक्तानी दिने बाटो खुलेको छ। उपप्रमुख डंगोल, बहुसंख्यक वडाध्यक्ष,कार्यपालिका सदस्य र कर्मचारीहरुले मेयर साहले अभिभावकीय भूमिका खेल्न नसकेको भन्दै कडा आलोचना गरेका छन् ।
काठमाडौं महानगर प्रहरी सेवा नियमको दफा ५ मा ‘महानगर प्रहरीको परिचालन, रेखदेख, नियन्त्रण र निर्देशन दिने अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई हुनेछ र निजको आदेश र निर्देशन पालना गर्नु प्रत्येक महानगर प्रहरीको कर्तव्य हुनेछ’ भनिएको छ। महानगर प्रहरीको यो नियम विपरित नगर प्रहरी उपरीक्षक पाण्डेले मेयर बालेनको आदेशमा प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार गर्नु र उनको आदेश नमान्नु चरम गैरजिम्मेवार कार्य हो। त्यसैले उनलाई कारवाही गर्नु पर्दछ। प्रमुख प्रशासकीय अधिकृत गुरागाईँको आदेश नटेरि पाण्डेले दादागिरी शैलीमा उल्टै प्रमुख कार्यकारी अधिकृतलाई कार्यकक्षमा जान रोक्ने र पुनः कार्यकक्षमा तालाबन्दी गर्न खोजेको अभियोगमा तत्कालै प्रमुख प्रशासकीय अधिकृत गुरागाईले निलम्बन गरि कारवाही गर्नुपर्दछ।

Comments
अरु समाचार
-
निषेधित क्षेत्र तोडे राप्रपालाई कारबाही गरिने
काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज गर्न लागेको प्रदर्शनमा निषेधित क्षेत्र तोडे कारबाही गर्ने गृह मन्त्रालयले चेतावनी दिएको...
-
शिक्षकहरुको प्रदर्शन आज बिहान नौ बजेदेखि तीनघण्टा
काठमाण्डौ । शिक्षकहरुको आन्दोलन आज १९ औं दिन पुगेको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै गएको चैत...
-
आईपीएलमा गुजरातले दिल्ली र लखनउले राजस्थानलाई हरायो
काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्स र लखनउ सुपर जायन्टस् विजयी भएका छन् । पहिलो खेलमा गुजरातले...
-
आजको राशिफलः २०८२ वैशाख ७ गते आइतबार
मेष: व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका...
-
‘मुस्ताङमा १० दिने चौँरी मेला, पर्यटन प्रवर्द्धनको आधार’
जोमसोम । मुस्ताङको थासाङ गाउँपालिका-२ घट्टे खोलामा शनिबारदेखि चौँरी मेला सुरु भएको छ । हिमालयन याक नाक पालन उपसमिति मुस्ताङको...
-
वर्षा बाधक बन्दा विश्वकपमा पुग्ने नेपालको सपना चकनाचुर
काठमाडौं । काठमाडौंको मुलपानीमा जारी आइसिसी यू–१९ विश्वकप २०२६ मा छनोट प्रतियोगिताको खेल अवरुद्ध हुँदा विश्वकमा पुग्ने नेपालको सपना तहसनहस...
-
सभामुखदेखि प्रधानमन्त्रीसम्म शिक्षकहरुको भेट किन निष्कर्षविहीन ?
काठमाडौं । नेपाल शिक्षक महासंघको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको भेटपछि आन्दोलन झनै लम्बिएर जाने देखिएको छ । संघले...
-
आईपीएलमा पञ्जाबको पाँचौं जित, अंकतालिकाको शीर्षस्थानमा
काठमाडौं । पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पाँचौं जित निकालेको छ । शुक्रबार भएको खेलमा पञ्जाबले बेंगलुरुलाई ५...
-
रुस र युक्रेनबीचको वार्ता पटकपटक असफल, अमेरिकाले दियो चेतावनी
वासिङटन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुस र युक्रेनबीचको वार्ता निरन्तर असफल हुने बारेमा चेतावनी दिएका छन् । उनले...