अमेरिकामा आँधीका कारण १६ जनाको मृत्यु
काठमाडौं । संयुक्त राज्य अमेरिकाको मध्य–पूर्वी क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । राष्ट्रिय मौसम सेवाले शनिबार आँधीको चेतावनी जारी गरेको थियो ।
अर्कान्सासदेखि ओहायोसम्म फैलिएको आँधीबेहरीले भवनहरूमा क्षति पुराएको, सडकहरू बाढीमय भएको र हालैका दिनहरूमा दर्जनौँ चक्रवात उत्पन्न भएका छन्।
टेनेसी राज्यको पश्चिमी भागमा १० जनाको मृत्यु भएको राज्यका अधिकारीहरूले बताएका छन् । केन्टुकी राज्यका गभर्नर एन्डी बेशियरका अनुसार बाढीका कारण एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।
सामाजिक तथा स्थानीय सञ्चारमाध्यममा शेयर गरिएका तस्वीरमा आँधीका कारण कैयौँ राज्यमा व्यापक क्षति पुगेको, घरहरू भत्किएको, रुखहरु ढलेको, बिजुलीको तार ढलेको र कारहरु पल्टिएको देखिएको छ ।
राष्ट्रिय मौसम सेवा (एनडब्ल्यूएस) ले मध्य–पूर्वी क्षेत्रका केही भागहरूमा आइतबारसम्म ‘व्यापक रूपमा आकस्मिक बाढी” आउन सक्ने चेतावनी दिँदै ‘जनजीवन र भौतिक संरचनामा क्षति हुने ठूलो खतरा रहेको’ चेतावनी दिएको छ।
आँधीका कारण मिसौरीमा दुई र इन्डियानामा एक जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यम र अधिकारीहरूले जनाएका छन् । अर्कान्सास राज्यको लिटिल रकस्थित एक घरमा पाँच वर्षीय एक बालक मृत अवस्थामा फेला परेको राज्यको आपतकालीन व्यवस्थापन निकायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
केन्टुकीका गभर्नर बेशियरले शनिबार सामाजिक सञ्जालमा लेख्नुभएको छ, “धेरै समुदायमा बाढी रेकर्ड स्तरमा पुगेको छ, राज्यका बासिन्दाहरूलाई ‘यात्रामा ननिस्किन र जल क्षेत्रको नजिक नजान’ आग्रह गरिएको छ।
अर्कान्सास र टेनेसीमा आइतबार बिहानसम्म एक लाखभन्दा बढी ग्राहक विद्युत्विहीन रहेको ट्र्याकिङ वेबसाइट ुपावर आउटेज डट कमुले जनाएको छ ।
एनडब्लुएसले टेनेसी भ्याली र लोअर मिसिसिपी भ्यालीका केही भागमा आइतबार मध्यमदेखि गम्भीर आँधीबेहरी आउन सक्ने जनाएको छ ।
वैज्ञानिकहरूका अनुसार ग्लोबल वार्मिङले जलवायु परिवर्तन र पानीको चक्रलाई बिथोलिरहेको छ, जसले चरम मौसमलाई बारम्बार अधिक क्रूर बनाइरहेको छ ।
गत वर्ष संयुक्त राज्य अमेरिकामा उच्च तापमानको अहिलेसम्मकै उच्च रेकर्ड कायम भएको थियो भने चक्रवात र विनाशकारी आँधीबेहरीको असरले प्रभावित तुल्याएको थियो ।
Comments
अरु समाचार
-
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई छैन: अन्तर्राष्ट्रिय समुद्री सङ्गठन
काठमाण्डौ - अमेरिका र इरान युद्धका कारण अवरुद्ध भएको स्ट्रेट अफ हर्मुजमा पानीजहाज रोक्ने कानुनी अधिकार कुनै पनि देशलाई नभएको...
-
Russian Embassy Hosts New Year Event in Kathmandu, Emphasizes Media Role in Nepal-Russia Ties
Kathmandu – Marking the occasion of the Nepali New Year, the Russian Embassy in Nepal hosted a special greetings exchange...
-
साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड
दुबई । साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी ठहर भएका सात जनालाई मृत्युदण्ड दिएका छन् । पाँच साउदी...
-
अमेरिका-इरानबीच के कुरामा हुन सकेन सहमति ? पाकिस्तानले मध्यस्थकर्ताको भूमिका जारी राख्ने
इस्लामावाद । अमेरिकासँगको वार्ता असफल भएपछि इरानको वार्ता टोली पनि पाकिस्तानबाट बाहिरिएको छ। इरानको सरकारी समाचार एजेन्सी मेहरका अनुसार इरानी...
-
ट्रम्पले इरानमाथि सैन्य कारबाही रोकेपछि कच्चा तेलको मूल्यमा ठूलो गिरावट
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको सम्भावित ठूलो आक्रमणलाई दुई हप्ताका लागि रोक्ने निर्णय गरे । सो...
-
‘अमेरिका-इरान’ ठूलो युद्धको खतरा तत्कालका लागि टर्यो, सर्तसहितको युद्धविराम
काठमाडौं । अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका बीच अस्थायी राहतको संकेत देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई...
-
एकै रातमा इरानी सभ्यता ‘खत्तम पारिदिने’ ट्रम्पको चेतावनी, डेमोक्र्याट् नेताले गरे निन्दा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब एकै रातमा इरानलाई ‘खत्तम पार्ने’ चेतावनी दिएका छन् । उनले यो मंगलबार राति...
-
इरानले खसालेको अमेरिकी लडाकू विमानका एक पाइलटको उद्धार, अर्का वेपत्ता
काठमाडौं । इरानले आफ्नो आकाशमा अमेरिकाको लडाकू विमान खसालेको छ । उक्त विमानका दुई चालक दलका सदस्यमध्ये एकजनालाई अमेरिकी सेनाले...
-
Russian Film Days Inaugurated at NIFF; First Film Shot in Space to Be Screened
Kathmandu – The “Russian Film Days” has been officially inaugurated under the Nepal International Film Festival (NIFF). The inauguration ceremony...












