ट्रम्पले चीनलाई १४५ प्रतिशत कर लगाउने
काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भए पछि डोनाल्ड ट्रम्पले गरेका विभिन्न निर्णयले विश्वमा तहल्का पिटिरहेका छन् । त्यस्तै पछिल्लो समय ट्रम्प प्रशासनले आफ्ना व्यापारिक साझेदारहरु माथि लगाएको भन्सारको विषयले विश्व अर्थतन्त्रमा विभिन्न चुनौति देखा परिरहेका छन् ।
त्यस्तै, ट्रम्पले बिहीबार चीनमाथिको भन्सार शुल्क १४५ प्रतिशत पुर्याएका छन्। यसअघि बुधबार उनले चीनमा १२५ प्रतिशत कर लगाउने घोषणा गरे भने भारतसहित लगभग ७५ देशहरूमा यस्तै १० प्रतिशत आधारभूत कर लगाउने घोषणा गरे।
चीनमा १४५ प्रतिशत कर लगाउनुको अर्थ चीनमा बनेको १०० डलरको उत्पादन अब अमेरिका पुग्दा २४५ डलर पर्नेछ। अमेरिकामा चिनियाँ सामान महँगो हुँदै गएकाले यसको बिक्री घट्नेछ। चीनले पनि अमेरिकामाथि ८४ प्रतिशतको प्रतिशोधात्मक कर लगाएको छ।
अमेरिकी सरकारी बन्ड बजारमा फेरि बिक्री सुरु भएको छ। उही समयमा शेयर बजारको नास्ड्याक कम्पोजिट सूचकांक लगभग ७ प्रतिशतले घटेको छ। यससँगै एप्पल, एनभिडिया लगायतका कम्पनीहरूको शेयर पनि घट्यो। तेलको मूल्य लगभग ४ प्रतिशतले घट्यो, कच्चा तेल अब प्रति ब्यारेल ६३ डलरभन्दा तल कारोबार भएको छ।
ट्रम्पले फेब्रुअरी १ मा चिनियाँ उत्पादनहरूमा १० प्रतिशत कर लगाए, मार्च ३ मा यसलाई बढाएर २० प्रतिशत पुर्याए। यसपछि, अप्रिल २ मा यसलाई बढाएर ५४ प्रतिशत पुर्याए । त्यसपछि अप्रिल ९ मा यो बढेर १०४ प्रतिशत पुग्यो भने अप्रिल १० मा यसलाई बढाएर १४५ प्रतिशत पुर्याइएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












