के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । ‘न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ’ भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा फेरि विवादमा परेका छन् ।
यसपटक उनको बोलीले मात्र नभई बोली, व्यवहार तथा आचरणले उनी विवादमा परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा चलाएपछि उनी बुद्धनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालय पुगेका थिए । त्यहाँ भलाकुसारीपछि उनी विवादास्पद छविका वरिष्ठ अधिवक्ता गोविन्द वन्दीसहित कार्यालयबाट बाहिरिँदै थिए ।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालविरुद्ध मुद्दा परेका दिन सो पार्टी कार्यालयमा पत्रकारको बाक्लो उपस्थिति स्वाभाविक नै थियो । त्यहाँ पत्रकारहरूको चहलपहल थियो । थापाहरू निस्कने क्रममा पत्रकारहरू नजिक पुगे र कसैले फोटो त कसैले भिडियो खिच्न थाले ।
त्यसक्रममा एक्कासी थापाले मोबाइल र चस्मा समाएको देब्रे हातले एक क्यामरामाथि प्रहार गरे । उनको बाहुबली शैलीले क्यामरा तल धकेलियो ।
त्यसपछि थापाले प्रश्न गरेँ- ‘के गरेको यो ? पत्रकारले फोटो खिचेको भनेर कुनै अनुमति लिनु पर्दैन ।’
त्यसपछि पत्रकारहरू स्वाभाविक रूपमै उनीमाथि प्रश्न बोकेर जाइलागे । पत्रकारहरूले भने- ‘यो पार्टी कार्यालय हो, यो सार्वजनिक स्थल हो ।’ थापा आफ्नो गाडीतिर बढ्दै थिए । पत्रकारहरू भन्दै थिए- ‘वकिल भएर यस्तो गर्ने ? क्यामरामा हिर्काउने ।’
थापा पत्रकारहरूलाई हेर्दै ‘के गर्नुहुन्छ त मलाई तपाईँहरूले भन्दै आँखा तर्दै अगाडि बढे ।
पत्रकारहरूले वरिष्ठ अधिवक्ता भएर पनि कानून थाहा छैन भनेर परैबाटै प्रश्न गरिरहेका थिए । यति घटनाक्रमपछि थापालाई उनका सहयोगीले गाडीभित्र छिराए ।
थापासँगै आएका विवादास्पद छविका गोविन्द वन्दी पत्रकारहरूमाथि ज्यादती हुँदा पनि मूकदर्शक बनेका थिए । हुन त बन्दी माधव नेपालकै निगाहमा कानून मन्त्री बन्दा लेनदेनका आधारमा न्यायाधीश गर्न खोजेको भनी विवादमा परेका थिए । काम फत्ते नभएपछि लिइएको रकमको हिसाब मिलान अझै भइनसकेको चर्चा सर्वोच्च अदालततिर हुने गरेको छ ।
वरिष्ठ अधिवक्ता थापा यसअघि एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै ‘न्यायाधीशहरूलाई वकिलहरूले घुस दिने गरेको’ बताएको सन्दर्भलाई कानून व्यवसायीहरूले अझै कलंकको टीकाको रूपमा स्मरण गर्ने गरेका छन् ।
थापाले संवैधानिक इजलासमा संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्तिविरुद्धको रिटमा बहसका क्रममा पनि आचारसंहिता विपरीत व्यक्तिगत टिप्पणीहरू गरेका थिए ।
थापाले महान्यायाधिवक्ता रमेश बडाललाई ‘महान्यायाधिवक्तो’ भनेर सम्बोधन गरेपछि न्यायाधीश र त्यहाँ पुगेका कानून व्यवसायीहरू अचम्मित भएका थिए ।
४७ वर्ष वकालतका क्रममा थापा प्रभावशाली गनिन्थे । तर समय सदैव एकनास रहँदो रहेनछ । पछिल्लो एक दशकयता थापाको साख गिर्दो छ । उनी अब वकालती क्षेत्रमा लोप हुने अवस्थामा पुगेका छन् । आक्रामक र रुखो प्रस्तुति, मुद्दामा तथ्यको अध्ययनमा अरुचि, समय व्यवस्थापनमा समस्या त उनको पुरानै समस्या थियो नै तर अब व्यक्तिगत लाञ्छनादेखि पत्रकारमाथिको दुर्व्यवहारले अब थापाको दिन सकिएको संकेत गरेको छ ।
भिडियोः
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











