४० लाख मूल्य बराबरको चिनी नष्ट
काठमाडौं । नवलपरासीस्थित महेशपुर भन्सार कार्यालयले बरामद गरिएको खान अयोग्य चिनी नष्ट गरेको छ।
चार वर्षअघि बरामद गरी गोदाममा राखिएको चिनीलाई गुणस्तर प्रमाणीकरण कार्यालय बेलहियाको परीक्षणमा खान अयोग्य ठहर गरेपछि परासीस्थित झरही खोलामा खाल्डो खनी नष्ट गरिएको हो।
भन्सार प्रमुख विकास उपाध्यायका अनुसार चिनीका बोरामा लेबल र सिल नभएको, उपभोगयोग्य नभएको र लिलाम गर्न नसकिने देखिएपछि नष्ट गरिएको हो।
“म आएको अहिले ६ महिना मात्र भयो। चिनी त्यसबेला किन नष्ट गरिएन थाहा छैन । अहिले गोदामको अभाव पनि भएकाले नष्ट गरिएको हो,” उपाध्यायले बताए। चिनीको रस निस्किएर वरपर दुर्गन्ध फैलिन थालेपछि पनि समस्या बढेको थियो।
नष्ट गरिएको चिनी २ हजार बोरा, अर्थात् ६२ हजार ७ सय केजी रहेको छ। भन्सार कार्यालयले यसको मूल्य प्रति केजी ६४ का दरले ४० लाख १२ हजार ८ सय रुपैयाँ बराबरको भएको जनाएको छ।
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












