एक चीन नीतिविपरित नेपालमा तिब्बतियन शरणार्थीले मनाए दलाई लामाको जन्मोत्सव, पूर्वराजदूतको सहभागीतामा प्रश्न
काठमाडौं । तिब्बतियन शरणार्थीहरुले नेपाली राष्ट्रिय गान बजाउदै दलाई लामाको ९० औं जन्मोत्सव मनाएका छन् ।
दलाई लामाको सन्देश सुनाउदै शरणार्थीहरुले जावालाखेलस्थित तिब्बतियन शरणार्थी शिविरमा एक कार्यक्रमको आयोजना गर्दै जन्मोत्सव मनाएका हुन् ।
तिब्बतियन शरणार्थीहरुले जावालाखेलमा ह्याण्डिक्राफ्ट सेन्टर प्रालि नामको कम्पनीबाट नेपालको एक चीन नीतिविपरितका गतिविधि गर्दै आएका छन् ।
स्वतन्त्र तिब्बतको नारा लगाउदै उनीहरुले लामाको फोटोमा खादा लगाएर जन्मोत्सव मनाएका थिए । जसमा विदेशी कुटनीतिज्ञको अर्थपूर्ण सहभागिता रहेको थियो ।
कार्यक्रममा माओवादी केन्द्रले डेनमार्कका लागि राजदूत बनाएका विजयकान्त कर्ण समेत सहभागी भएका थिए । जुन कुरा नेपालले मान्दै आएको एक चीन नीतिविरुद्धको कदम भएको बताइन्छ ।
नेपाल एक चीन नीतिलाई बलियो ढंगले समर्थन गर्ने मुलुक भएकाले तिब्बतियन शरणार्थीका सार्वजनिक गतिविधिहरु प्रतिबन्धित छन् ।
कार्यक्रममा मानवअधिकारकर्मीहरु भवानी खरेल, गोपाल सिवाकोटी चिन्तन, इन्द्र अर्याल, शम्भु लामा पनि कार्यक्रममा पुगेका थिए ।
उसोतः कार्यक्रममा शरणार्थी क्याम्पका लेखा प्रमुख कर्मा दावाको अध्यक्षतामा आयोजित कार्यक्रममा चोभार डोफेलिङ गुम्बाका कुन्से रिन्पोछे प्रमुख अतिथि थिए । स्वयम्भु प्रमुख झाम्पा लामा, लाओसका कन्सुलर राजु श्रेष्ठ लगायतका व्यक्तिहरु उपस्थित भएका थिए । भने, लाजिम्पाटस्थित तिब्बती शरणार्थी कल्याणकारी कार्यालय र दलाई लामाका प्रतिनिधि सेप्री लोपान टुल्कु ङ्वाङ चोकडुपसँगै विदेशी कूटनीतिज्ञमा नेपालस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थी आयोगका उच्चायुक्त तथा युरोपेली युनियनकी राजदूत भेरोनिक लोरेनो पनि जन्मोत्सव कार्यक्रममा सहभागी थिए ।
त्यस्तै अमेरिकी दूतावासका पब्लिक अफेयर्स चिफ माइकल हार्कर, दूतावासकै तिब्बती मामिला संयोजक तथा तिब्बती शरणार्थी पेमा तेन्जिङ, तिब्बती शरणार्थीका निर्वासित संसद सदस्यहरु सेर्ता टासी धुन्दुप र रात्सा सोनाम नोर्बु कार्यक्रममा देखिए ।
Comments
अरु समाचार
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...











