एक चीन नीतिविपरित नेपालमा तिब्बतियन शरणार्थीले मनाए दलाई लामाको जन्मोत्सव, पूर्वराजदूतको सहभागीतामा प्रश्न
काठमाडौं । तिब्बतियन शरणार्थीहरुले नेपाली राष्ट्रिय गान बजाउदै दलाई लामाको ९० औं जन्मोत्सव मनाएका छन् ।
दलाई लामाको सन्देश सुनाउदै शरणार्थीहरुले जावालाखेलस्थित तिब्बतियन शरणार्थी शिविरमा एक कार्यक्रमको आयोजना गर्दै जन्मोत्सव मनाएका हुन् ।
तिब्बतियन शरणार्थीहरुले जावालाखेलमा ह्याण्डिक्राफ्ट सेन्टर प्रालि नामको कम्पनीबाट नेपालको एक चीन नीतिविपरितका गतिविधि गर्दै आएका छन् ।
स्वतन्त्र तिब्बतको नारा लगाउदै उनीहरुले लामाको फोटोमा खादा लगाएर जन्मोत्सव मनाएका थिए । जसमा विदेशी कुटनीतिज्ञको अर्थपूर्ण सहभागिता रहेको थियो ।
कार्यक्रममा माओवादी केन्द्रले डेनमार्कका लागि राजदूत बनाएका विजयकान्त कर्ण समेत सहभागी भएका थिए । जुन कुरा नेपालले मान्दै आएको एक चीन नीतिविरुद्धको कदम भएको बताइन्छ ।
नेपाल एक चीन नीतिलाई बलियो ढंगले समर्थन गर्ने मुलुक भएकाले तिब्बतियन शरणार्थीका सार्वजनिक गतिविधिहरु प्रतिबन्धित छन् ।
कार्यक्रममा मानवअधिकारकर्मीहरु भवानी खरेल, गोपाल सिवाकोटी चिन्तन, इन्द्र अर्याल, शम्भु लामा पनि कार्यक्रममा पुगेका थिए ।
उसोतः कार्यक्रममा शरणार्थी क्याम्पका लेखा प्रमुख कर्मा दावाको अध्यक्षतामा आयोजित कार्यक्रममा चोभार डोफेलिङ गुम्बाका कुन्से रिन्पोछे प्रमुख अतिथि थिए । स्वयम्भु प्रमुख झाम्पा लामा, लाओसका कन्सुलर राजु श्रेष्ठ लगायतका व्यक्तिहरु उपस्थित भएका थिए । भने, लाजिम्पाटस्थित तिब्बती शरणार्थी कल्याणकारी कार्यालय र दलाई लामाका प्रतिनिधि सेप्री लोपान टुल्कु ङ्वाङ चोकडुपसँगै विदेशी कूटनीतिज्ञमा नेपालस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थी आयोगका उच्चायुक्त तथा युरोपेली युनियनकी राजदूत भेरोनिक लोरेनो पनि जन्मोत्सव कार्यक्रममा सहभागी थिए ।
त्यस्तै अमेरिकी दूतावासका पब्लिक अफेयर्स चिफ माइकल हार्कर, दूतावासकै तिब्बती मामिला संयोजक तथा तिब्बती शरणार्थी पेमा तेन्जिङ, तिब्बती शरणार्थीका निर्वासित संसद सदस्यहरु सेर्ता टासी धुन्दुप र रात्सा सोनाम नोर्बु कार्यक्रममा देखिए ।
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...
-
एमाले महाधिवेशनः गठन भयो माइन्युट कमिटी, के गर्नेछ काम ?
काठमाडौं । नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ। महाधिवेशनअन्तर्गत...
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
एमाले उपाध्यक्ष ज्ञवालीद्वारा सक्रिय राजनीतिबाट विश्राम लिएकोको घोषणा
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले सक्रिय राजनीतिबाट बाहिरिएको घोषणा गरेको छन् । पार्टीको ११औँ महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डपबाट उनले...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...












