पूर्वराष्ट्रपति भण्डारीसंग बालेनको भेटः के कुराकानी भयो ?
काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्रले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर सरकारले गरेको असहयोगबारे जानकारी गराएका छन् ।
पूर्वराष्ट्रपति भण्डारीलई अभिभावक मान्ने भनेका बालेनले केन्द्र सरकारले असहयोग गर्दा काम गर्न अप्ठ्यारो परिरहेको भन्दै गुनासो गरेका थिए । जवाफमा भण्डारीले सबैलाई मिलाएर लैजाने प्रयास गर्नुपर्नेमा जोड दिएको बताइन्छ ।
बालेनले भण्डारीलाई भेट्नुलाई अर्थपूर्ण मानिएको छ । असार १० भित्र ल्याउनुपर्ने बजेट महानगरपालिकाले अहिलेसम्म ल्याउन सकेको छैन् । यस्तो स्थितिमा बालेनले भण्डारीलाई भेटेर सहयोगको अपेक्षा गरेका हुन् ।
बालेन्द्र र विद्याको भेटमा एमालेका स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ पनि सहभागी थिए । नेता श्रेष्ठले आफू निकटसंग बालेनले अत्यन्तै सकारात्मक ढंगले कुरा गरेको र भण्डारीले पनि समन्वय गरेर अघि बढ्न सुझाव दिएको बताइन्छ ।
भण्डारीको मिजासिलो स्वभाव र सबैलाई मिलाएर लैजान सक्ने क्षमताकै कारण बालेनले उनलाई अभिभावकको रुपमा लिने बताएको एमाले नेताहरुले बताउने गरेका छन् ।
भण्डारीले एमालेको सदस्यता नविकरण गरेर सक्रिय राजनीतिमा फर्किसकेको स्थितिमा उनले विभिन्न भेटवार्ताहरु गरिरहेकी छन् ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...












