ताजा समाचार

पूर्वराष्ट्रपति भण्डारीसंग बालेनको भेटः के कुराकानी भयो ?

काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्रले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर सरकारले गरेको असहयोगबारे जानकारी गराएका छन् ।

पूर्वराष्ट्रपति भण्डारीलई अभिभावक मान्ने भनेका बालेनले केन्द्र सरकारले असहयोग गर्दा काम गर्न अप्ठ्यारो परिरहेको भन्दै गुनासो गरेका थिए । जवाफमा भण्डारीले सबैलाई मिलाएर लैजाने प्रयास गर्नुपर्नेमा जोड दिएको बताइन्छ ।

बालेनले भण्डारीलाई भेट्नुलाई अर्थपूर्ण मानिएको छ । असार १० भित्र ल्याउनुपर्ने बजेट महानगरपालिकाले अहिलेसम्म ल्याउन सकेको छैन् । यस्तो स्थितिमा बालेनले भण्डारीलाई भेटेर सहयोगको अपेक्षा गरेका हुन् ।

बालेन्द्र र विद्याको भेटमा एमालेका स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ पनि सहभागी थिए । नेता श्रेष्ठले आफू निकटसंग बालेनले अत्यन्तै सकारात्मक ढंगले कुरा गरेको र भण्डारीले पनि समन्वय गरेर अघि बढ्न सुझाव दिएको बताइन्छ ।

भण्डारीको मिजासिलो स्वभाव र सबैलाई मिलाएर लैजान सक्ने क्षमताकै कारण बालेनले उनलाई अभिभावकको रुपमा लिने बताएको एमाले नेताहरुले बताउने गरेका छन् ।

भण्डारीले एमालेको सदस्यता नविकरण गरेर सक्रिय राजनीतिमा फर्किसकेको स्थितिमा उनले विभिन्न भेटवार्ताहरु गरिरहेकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org