रूसमा बेपत्ता जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला
काठमाडौं । रूसमा बेपत्ता भएको जहाज दुर्घटनाग्रस्त फेला परेको छ।
साइबेरियामा सञ्चालन हुँदै आएको अङ्गरा एअरलाइन्सको विमान एक्कासी रडारबाट बेपत्ता भएको रुसी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । उक्त विमानले चीनसँग सीमा जोडिएको अमूर क्षेत्रको टिन्डा शहरका लागि उडान भरेको थियो ।
बुधबार खाबरोव्स्कबाट ब्लागोवेश्चेन्स्क हुँदै टिन्डा जाँदै गरेको एन्टोनोभ एन–२४ जहाज टिन्डाबाट केही माइल वर पुगेपछि सम्पर्कविहीन भएको थियो। उक्त जहाज दुर्घटना भएको भेटिएको रूसी समाचार संंस्था तासले जनाएको छ।
टिन्डाको विमानस्थलबाट केही माइल वर भिरालो जंगलमा जहाज दुर्घटनाग्रस्त भेटिएको हो । जहाज सम्पर्कविहीन भएपछि त्यसको खोजीका लागि हेलिकप्टर परिचालन गरिएको थियो।
ती हेलिकप्टरमा सवार उद्धारकर्ताहरूले टिण्डाभन्दा अगाडि नै जंगलमा धुवाँ आइरहेको फेला पारेका थिए। उनीहरूले आकाशबाटै अवलोकन गर्दा जहाजका भग्नावशेषहरू देखिएको भनेर रूसी अधिकारीहरूलाई उद्धृत गरेर अन्तरर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन्।
उद्धारकर्ताहरूले जहाज दुर्घटनास्थलमा जिवित मानिस भेटिने सम्भावना नरहेको भनेका छन्। जहाज दुर्घटनापछि आगो लागिसकेको र अहिले भग्नावशेषमात्रै बाँकी रहेको देखिँदा जिवित भेटिने सम्भावना नरहेको भनेर तासले लेखेको छ।
जहाजमा चालक दलका ६ सदस्य र ४३ जना यात्रु गरी ४९ जना सवार रहेको बताइएको छ। तीमध्ये ५ जना बालबालिका रहेका छन्। दुर्घटनाको आधिकारिक पुष्टि हुन बाँकी रहेको भनिएको छ।
यद्यपि दुर्घटनास्थलको फोटो–भिडिओ सार्वजनिक भएको र स्थानीय अधिकारीहरूले पनि दुर्घटनाको पुष्टि गरेको भनिएको छ।
Comments
अरु समाचार
-
अमेरिकाको राष्ट्रपतीय निवासबाहिर गोली चल्यो, सुरक्षाकर्मीको कारबाहीमा बन्दुकधारी मारिए
वासिङ्टन – अमेरिकाको राष्ट्रपतीय निवास ह्वाइट हाउस बाहिर अन्धाधुन्ध गोली प्रहार गर्ने एक संदिग्ध व्यक्ति मारिएका छन् । शनिबार साँझ...
-
अमेरिका र ईरानबीच शान्ति वार्ताको तयारी तीव्र, पाकिस्तानी सेना प्रमुख तेहरानमा
काठमाडौं। पाकिस्तानका सेना प्रमुख आसिम मुनीर इरानको राजधानी तेहरान पुग्नु भएको छ । मुनीर हिजो तेहरान पुगेको पाकिस्तानी सञ्चारमाध्यमलाई उद्धृत...
-
अमेरिका–इरान युद्ध चाँडै अन्त्य हुने सम्भावना बढेकोे हो ?
काठमाडौं । तेलले भरिएका २ वटा चिनियाँ पानीजहाज स्ट्रेट अफ हर्मुज जलमार्गबाट बाहिरिएपछि अमेरिका–इरान युद्ध चाँडै अन्त्य हुने आशा बढेको...
-
विश्वकप २०२६: नेयमारको पुनरागमन हुने भएपछि खेलप्रेमीमा उत्साह
काठमाडौँ । नेयमार ब्राजिलको २६ सदस्यीय विश्वकप टोलीमा समावेश भएका छन् । ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले यस गर्मीयाममा हुने...
-
ट्रम्प फर्किएलगत्तै पुटिन चीनको औपचारिक भ्रमणमा जाँदै
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणलगत्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भोलि चीनको दुई दिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ ।...
-
विश्व स्वास्थ्य संकटकालको घोषणा, नेपालमा उच्च सतर्कता
काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले इबोला रोग फैलिएसँगै विश्व स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ । केही अफ्रिकी देशमा...
-
ट्रम्पको फेरि इरानलाई कडा चेतावनी, समय सकिँदै गएको भन्दै वार्तामा आउन दबाब
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति वार्ता ठप्प बनेपछि कडा चेतावनी दिनुभएको छ । उहाँले समय सकिँदै गरेको...
-
चीनले इरानलाई हतियार नदिने र हर्मुज खोल्न सहयोग गर्ने प्रतिबद्धता जनाएको छ: ट्रम्प
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले स्ट्रेट अफ हर्मुज खोल्न अमेरिकालाई सहयोग गर्ने बताएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका...
-
सी र ट्रम्पबीच भयाे द्विपक्षीय वार्ता, द्वन्द्व नगरि साझेदार बनेर अघि बढ्नुपर्नेमा जोड
बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनफिङ र चीनको राजकीय भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच बिहीबार बेइजिङस्थित ग्रेट हल अफ दी...












