ताजा समाचार

आगलागीमा परी एक महिलाको मृत्यु

काठमाडाैं । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका –५ वस्तु अमराईस्थित घरमा आगलागीमा एक महिलाको मृत्यु भएको छ ।

आइतबार बिहान करिब ३ बजे अचानक घरमा आगलागी हुँदा ३० वर्षिया जुना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो ।

आमा ७० वर्षीय मनिदेवी विकसँगै बस्दै आउनुभएकी मृतक जुना मानसिक समस्याबाट पीडित  रहनुभएको प्रहरी बताएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org