ताजा समाचार

राष्ट्र बैंकको लगानी प्रस्ताव, एक अर्ब रुपैयाँ बैकिङ प्रणालीमा राखिने

काठमाडाैं । नेपाल राष्ट्र बैंकले एक अर्ब रुपैयाँ लगानीको लागि प्रस्ताव आव्हान गरेको छ । राष्ट्र बैंकले आइतबार वाणिज्य बैंक, बिकास बैंक र फाइनान्स कम्पनीहरुको नाउँमा सुचना जारी गर्दै उक्त परिमाणको निक्षेप लगानीको प्रस्ताव आव्हान गरेको हो । उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६६ दिने मुुद्धतीकोरुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको राष्ट्र बैंकको भनाई छ ।

रकम लगानीको अवधि २०८२ साउन १८ गतेदेखि २०८३ साउन १८ गतेसम्म रहने छ । रकम लगानी गर्न चाहाने बैक तथा फाइनान्स कम्पनीले यही साउन १३ गतेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुुपर्ने छ ।

राष्ट्र बैंकका अनुसार लगानीको लागि छुुट्याईएको कुुल रकम मध्ये वाणिज्य बैंकहरुको लागि ८० करोड, विकास बैंकहरुको लागि १५ करोड र फाइनान्स कम्पनीको लागि पाँच करोड रुपैयाँ छुट्याईएको छ ।

रकम लगानी चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुुनुुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा तीन प्रतिशत ननाघेको हुनुपर्ने लगायतका न्युनतम सर्तहरु तोकिएको राष्ट्र बैंकको भनाई छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org