राजस्व अनुसन्धान विभागमा अझैं पठाइएन डीजी, के गर्दैछ प्रधानमन्त्री कार्यालय ?
काठमाडाैं । प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धान विभागमा एक महिनादेखि महानिर्देशक पद खाली भएपछि प्रशासनिकबाहेकका काम ठप्प बन्न पुगेका छन् ।
विभागमा जानका लागि सहसचिवहरुको दाैडधुपका कारण महानिर्देशक पठाउन असहज स्थिति सिर्जना भएको बताइन्छ ।
प्रधानमन्त्री कार्यालयले महानिर्देशक कसलई पठाउने भन्ने विषयमा निर्णय लिन नसक्दा विभागका नियमित काम समेत ठप्प बन्न पुगेका छन् । विभागले राजस्व अनुसन्धानमा देखाउनुपर्ने सक्रियता समेत देखाउन नसक्दा राज्यलाई ठूलो नोक्सानीको खतरा समेत बढेको छ । राजस्व छलीका सूचना समेत महानिर्देशक नभएका कारण आउन छोडेको विभागका एक कर्मचारीले न्यूज नेपाललाई भने ।
विभागका केहि निर्देशकहरु भने महानिर्देशक नभएको माैका छोपेर व्यापारीसंग विभिन्न होटेलहरुमा लेनदेन डिल गरिरहेको स्रोतको दाबी छ । राजस्वसम्बन्धिका विषयमा व्यापारीसंगको डिल चलिरहेको छ । महानिर्देशक जति समय ढिला गरेर पठाइ्छ, घुस डिल त्यति नै बढ्ने स्रोतको दाबी छ ।
‘प्रधानमन्त्री कार्यालयले नै महानिर्देशक पठाउनुपर्ने हो । सहसचिवहरुको चर्को लबिङ र शक्ति केन्द्रहरुको दाैडधुपका कारण संकट आइलागेको छ । यसले राजस्व विभागको काम, कर्तव्य र क्षेत्राधिकारमै संकुचनको खतरा छ ।’ विभागका एक कर्मचारीले न्यूज नेपालसंग भने ।
राजस्व विभागमा जानका लागि कृष्ण मैनाली, कोषहरि निराैला, तीर्थ चिलवाल, उदय राणा लगायतका सहसचिवहरुले चर्को दाैडधुप गरिरहेको बताइन्छ ।
मैनाली र चिलवाल भने राजस्व समूहका र राजस्वबारे राम्रो ज्ञान भएका सहसचिवहरु हुन् । तर, चर्को दाैडधुप चलेपनि मैनाली वा चिलवाललाई नै महनिर्देशक बनाउने तयारी चलिरहेको स्रोतको दाबी छ । निराैला काबिल प्रशासकको रुपमा चिनिन्छन भने उनीसंग राजस्वमा काम गरेको अनुभव भने नभएको बताइन्छ । यस्तै, महानिर्देशकका लागि राणा भने शक्ति केन्द्र धाउने अग्रस्थानमा रहेका छन् । उनी सरकारी कर्मचारीहरुको सूची पल्टाउदा समेत सबैभन्दा धेरै माैका पाउनेमा पर्छन् । उनी हङकङको महाबाणिज्यदूतदेखि झापा, रुपन्देही र काभ्रे गायतका जिल्लामा सीडीओ, पालुङटार नगरपालिकाको कार्यकारी र भन्सार विभागको प्रशासनो उपसचिवको रुपमा समेत काम गरिसकेका छन् । उनी प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल निकटका मानिन्छन् । रिमालकै जोडबलमा राजस्व अनुसन्धान विभागमा जान खोजिरहेको बताइन्छ ।
खरिदारबाट निजामती सेवा प्रवेश गरेकी कृष्णकुमारी श्रेष्ठलाई सरकारले कायममुकायमको जिम्मेवारी दिएपनि कार्यसम्पादन क्षमता अभावका कारण विभागको कार्य प्रगति ठप्प प्रायः देखिन्छ । लोकसेवामा अब्बल भएपनि श्रेष्ठको कार्यक्षमता भने निजामती सेवा प्रवेशकै स्थितिमा रहेको चर्चा समेत चल्ने गरेको छ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : ड्रिम्स मोबिलिटी
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक ड्रिम्स मोबिलिटी प्रालिले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै रहेको...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











