राजस्व अनुसन्धान विभागमा अझैं पठाइएन डीजी, के गर्दैछ प्रधानमन्त्री कार्यालय ?
काठमाडाैं । प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धान विभागमा एक महिनादेखि महानिर्देशक पद खाली भएपछि प्रशासनिकबाहेकका काम ठप्प बन्न पुगेका छन् ।
विभागमा जानका लागि सहसचिवहरुको दाैडधुपका कारण महानिर्देशक पठाउन असहज स्थिति सिर्जना भएको बताइन्छ ।
प्रधानमन्त्री कार्यालयले महानिर्देशक कसलई पठाउने भन्ने विषयमा निर्णय लिन नसक्दा विभागका नियमित काम समेत ठप्प बन्न पुगेका छन् । विभागले राजस्व अनुसन्धानमा देखाउनुपर्ने सक्रियता समेत देखाउन नसक्दा राज्यलाई ठूलो नोक्सानीको खतरा समेत बढेको छ । राजस्व छलीका सूचना समेत महानिर्देशक नभएका कारण आउन छोडेको विभागका एक कर्मचारीले न्यूज नेपाललाई भने ।
विभागका केहि निर्देशकहरु भने महानिर्देशक नभएको माैका छोपेर व्यापारीसंग विभिन्न होटेलहरुमा लेनदेन डिल गरिरहेको स्रोतको दाबी छ । राजस्वसम्बन्धिका विषयमा व्यापारीसंगको डिल चलिरहेको छ । महानिर्देशक जति समय ढिला गरेर पठाइ्छ, घुस डिल त्यति नै बढ्ने स्रोतको दाबी छ ।
‘प्रधानमन्त्री कार्यालयले नै महानिर्देशक पठाउनुपर्ने हो । सहसचिवहरुको चर्को लबिङ र शक्ति केन्द्रहरुको दाैडधुपका कारण संकट आइलागेको छ । यसले राजस्व विभागको काम, कर्तव्य र क्षेत्राधिकारमै संकुचनको खतरा छ ।’ विभागका एक कर्मचारीले न्यूज नेपालसंग भने ।
राजस्व विभागमा जानका लागि कृष्ण मैनाली, कोषहरि निराैला, तीर्थ चिलवाल, उदय राणा लगायतका सहसचिवहरुले चर्को दाैडधुप गरिरहेको बताइन्छ ।
मैनाली र चिलवाल भने राजस्व समूहका र राजस्वबारे राम्रो ज्ञान भएका सहसचिवहरु हुन् । तर, चर्को दाैडधुप चलेपनि मैनाली वा चिलवाललाई नै महनिर्देशक बनाउने तयारी चलिरहेको स्रोतको दाबी छ । निराैला काबिल प्रशासकको रुपमा चिनिन्छन भने उनीसंग राजस्वमा काम गरेको अनुभव भने नभएको बताइन्छ । यस्तै, महानिर्देशकका लागि राणा भने शक्ति केन्द्र धाउने अग्रस्थानमा रहेका छन् । उनी सरकारी कर्मचारीहरुको सूची पल्टाउदा समेत सबैभन्दा धेरै माैका पाउनेमा पर्छन् । उनी हङकङको महाबाणिज्यदूतदेखि झापा, रुपन्देही र काभ्रे गायतका जिल्लामा सीडीओ, पालुङटार नगरपालिकाको कार्यकारी र भन्सार विभागको प्रशासनो उपसचिवको रुपमा समेत काम गरिसकेका छन् । उनी प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल निकटका मानिन्छन् । रिमालकै जोडबलमा राजस्व अनुसन्धान विभागमा जान खोजिरहेको बताइन्छ ।
खरिदारबाट निजामती सेवा प्रवेश गरेकी कृष्णकुमारी श्रेष्ठलाई सरकारले कायममुकायमको जिम्मेवारी दिएपनि कार्यसम्पादन क्षमता अभावका कारण विभागको कार्य प्रगति ठप्प प्रायः देखिन्छ । लोकसेवामा अब्बल भएपनि श्रेष्ठको कार्यक्षमता भने निजामती सेवा प्रवेशकै स्थितिमा रहेको चर्चा समेत चल्ने गरेको छ।
Comments
अरु समाचार
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...











