चीन र रुसद्वारा जापान सागरमा संयुक्त अभ्यास सुरु
काठमाडाैं । आफ्नो साझेदारीलाई बलियो बनाउन र अमेरिकी नेतृत्वको विश्वव्यापी व्यवस्थाको सन्तुलन कायम गर्न खोजिरहेका चीन र रुसले आइतबार जापान सागरमा संयुक्त नौ सैनिक अभ्यास सुरु गरेका छन् ।
आर्थिक र राजनीतिक सम्बन्धका साथै मस्को र बेइजिङले हालका वर्षहरूमा आफ्नो सैन्य सहयोगलाई बलियो बनाएका छन् । सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि उनीहरूको सम्बन्ध गहिरो भएको छ । ‘संयुक्त सागर–२०२५’ अभ्यास रुसी बन्दरगाह भ्लाडिभोस्टक नजिकैको पानीमा सुरु भएको र तीन दिनसम्म चल्ने चीनको रक्षा मन्त्रालयले आइतबार एक विज्ञप्तिमा बताएको छ ।
“दुवै पक्षले पनडुब्बी उद्धार, संयुक्त पनडुब्बी विरोधी, हवाई रक्षा र मिसाइल विरोधी अपरेसन, र समुद्री युद्ध गर्नेछन्”, विज्ञप्तिमा उल्लेख छ ।रुसी जहाजहरूसँगै निर्देशित मिसाइल विध्वंसक शाओक्सिङ र उरुम्कीसहित चार चिनियाँ जहाजले अभ्यासमा भाग लिइरहेको मन्त्रालयले बताएको छ ।
अभ्यास सकिएपछि, दुई देशले ‘प्रशान्त महासागरका सम्बन्धित पानीहरूमा’ नौ सैनिक गस्ती सञ्चालन गर्नेछन् । सन् २०१२ मा सुरु भएको ‘संयुक्त सागर’ अभ्यासका साथ चीन र रुसले धेरै वर्षदेखि वार्षिक अभ्यास गर्दै आएका छन् ।
गत वर्षको अभ्यास चीनको दक्षिणी तटमा आयोजना गरिएको थियो । चिनियाँ रक्षा मन्त्रालयले यस वर्षको अभ्यासको उद्देश्य दुई देशको ‘व्यापक रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउने’ रहेको शुक्रवार बताएको थियो ।
चीनले कहिल्यै रुसको तीन वर्षभन्दा बढी चलेको युद्धको निन्दा गरेको छैन । साथै उसले रुसलाई आफ्ना सेनाहरू फिर्ता लिन पनि भनेको छैन । संयुक्त राज्य अमेरिकासहित युक्रेनका धेरै सहयोगीहरू बेइजिङले मस्कोलाई सहयोग प्रदान गरेको छ भन्ने विश्वास गर्छन् ।
चीनले नियमित रूपमा लडाइँ बन्द गर्न आह्वान गर्दै आफूलाई तटस्थ पक्ष भएको दाबी गर्छ । साथै बेइजिङले पश्चिमी देशहरूमाथि युक्रेनलाई हतियार प्रदान गरेर द्वन्द्वलाई लम्ब्याएको आरोप लगाएको छ ।
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











