चीन र रुसद्वारा जापान सागरमा संयुक्त अभ्यास सुरु
काठमाडाैं । आफ्नो साझेदारीलाई बलियो बनाउन र अमेरिकी नेतृत्वको विश्वव्यापी व्यवस्थाको सन्तुलन कायम गर्न खोजिरहेका चीन र रुसले आइतबार जापान सागरमा संयुक्त नौ सैनिक अभ्यास सुरु गरेका छन् ।
आर्थिक र राजनीतिक सम्बन्धका साथै मस्को र बेइजिङले हालका वर्षहरूमा आफ्नो सैन्य सहयोगलाई बलियो बनाएका छन् । सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि उनीहरूको सम्बन्ध गहिरो भएको छ । ‘संयुक्त सागर–२०२५’ अभ्यास रुसी बन्दरगाह भ्लाडिभोस्टक नजिकैको पानीमा सुरु भएको र तीन दिनसम्म चल्ने चीनको रक्षा मन्त्रालयले आइतबार एक विज्ञप्तिमा बताएको छ ।
“दुवै पक्षले पनडुब्बी उद्धार, संयुक्त पनडुब्बी विरोधी, हवाई रक्षा र मिसाइल विरोधी अपरेसन, र समुद्री युद्ध गर्नेछन्”, विज्ञप्तिमा उल्लेख छ ।रुसी जहाजहरूसँगै निर्देशित मिसाइल विध्वंसक शाओक्सिङ र उरुम्कीसहित चार चिनियाँ जहाजले अभ्यासमा भाग लिइरहेको मन्त्रालयले बताएको छ ।
अभ्यास सकिएपछि, दुई देशले ‘प्रशान्त महासागरका सम्बन्धित पानीहरूमा’ नौ सैनिक गस्ती सञ्चालन गर्नेछन् । सन् २०१२ मा सुरु भएको ‘संयुक्त सागर’ अभ्यासका साथ चीन र रुसले धेरै वर्षदेखि वार्षिक अभ्यास गर्दै आएका छन् ।
गत वर्षको अभ्यास चीनको दक्षिणी तटमा आयोजना गरिएको थियो । चिनियाँ रक्षा मन्त्रालयले यस वर्षको अभ्यासको उद्देश्य दुई देशको ‘व्यापक रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउने’ रहेको शुक्रवार बताएको थियो ।
चीनले कहिल्यै रुसको तीन वर्षभन्दा बढी चलेको युद्धको निन्दा गरेको छैन । साथै उसले रुसलाई आफ्ना सेनाहरू फिर्ता लिन पनि भनेको छैन । संयुक्त राज्य अमेरिकासहित युक्रेनका धेरै सहयोगीहरू बेइजिङले मस्कोलाई सहयोग प्रदान गरेको छ भन्ने विश्वास गर्छन् ।
चीनले नियमित रूपमा लडाइँ बन्द गर्न आह्वान गर्दै आफूलाई तटस्थ पक्ष भएको दाबी गर्छ । साथै बेइजिङले पश्चिमी देशहरूमाथि युक्रेनलाई हतियार प्रदान गरेर द्वन्द्वलाई लम्ब्याएको आरोप लगाएको छ ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












