ताजा समाचार

मध्यपहाडी लाेकमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडाैं । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने यहाँको मध्य नेपाल नगरपालिका–१० स्थित बिमिरे भन्ज्याङमा आज बिहान सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

पहिरो खस्ने क्रम नरोकिएकाले तत्कालै पहिरो हटाउन सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ । पहिरोले सडक अवरुद्ध भएसँगै सवारीसाधनहरू पोखरादेखि बेँसी सहर आवतजावतका लागि वैकल्पिक बाटो काउरे, बाङ्ग्रे र थान्सिङ डाँडाको चौतारा हुँदै सञ्चालन हुन थालेका छन् ।

इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक यमनारायण अर्यालले पहिरो तत्कालै हटाउन नसकिने अवस्थाको रहेको जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org