राजदूत ढकालको विशेष पहलमा साउदीबाट ६२ नेपाली रिहा
काठमाडौँ । साउदी अरेबियाले ईद र इस्लामिक वर्ष १४४६ हिजारीको अवसरमा ६२ नेपाली कैदी रिहा भएका छन् ।
साउदी अरबका लागि नेपाली राजदूत डा. नरेशबिक्रम ढकालको विशेष पहलमा विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका नेपालीहरु रिहा भएका हुन् ।
यसअघि कतारको राजदूत हुँदा त्यहाँका शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमण नै गराउन सफल भएका थिए । कुटनीतिक क्षेत्रमा अब्बल क्षमता प्रदर्शन गर्दै आएका ढकालले कतारपछि साउदी अरेबियाको राजदूतको जिम्मेवारी लिएका थिए ।
साउदी पुगेपछि समेत राजदूत ढकालले विभिन्न कारण कैद सजाय भोगिरहेका नेपालीहरुलाई नेपाल फिर्ता ल्याउनका लागि विशेष काम गर्दै आएका छन् । एकैपटक ठूलो संख्यामा नेपालीहरु रिहा भएपछि मंगलबार परराष्ट्र मन्त्रालयले धन्यवाद समेत दिएको छ । मन्त्रालयले साउदी सरकारप्रति धन्यवाद प्रकट समेत व्यक्त गरेको छ ।
मन्त्रालयले साउदी सरकारद्वारा नेपाली नागरिकहरूप्रति देखाइएको सद्भावपूर्ण व्यवहारले दुई देशबिचको सम्बन्ध थप प्रगाढ हुने विश्वास समेत व्यक्त गरेको छ ।
रिहा गरिएका नेपाली नागरिकहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी साउदी सरकारका सम्बन्धित निकायबाट अनुमति पाएपछि नेपाल फर्कने मन्त्रालयले जनाएको छ ।
Comments
अरु समाचार
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...











