काठमाडौं महानगरद्वारा पानीको जार अनुगमन गर्दा मापदण्ड विपरीतका २७१ जार नष्ट
काठमाडौं । काठमाडौँ महानगरपालिकाले पिउने प्रशोधित पानीको गुणस्तर जाँचलाई कडाइ गर्दै पछिल्लो एक सातामा मापदण्ड नपुगेका २७१ जार बरामद गरी नष्ट गरेको छ।
बर्खायाममा पानीजन्य रोगको जोखिम बढेसँगै महानगरले बल्खु, चाबहिल–चुच्चेपाटी, माछापोखरी–बालाजु र कोटेश्वर क्षेत्रमा चेकपोस्ट राखी नियमित अनुगमन गर्दै आएको छ।
कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेका अनुसार असार र साउन महिनामा मात्र १३९ सवारी साधन चेकजाँच गर्दा ४५६ वटा फोहोर, कुचिएका वा मापदण्ड विपरीतका जार बरामद गरी नष्ट गरिएका छन्।
महानगरले पानी उत्पादक कम्पनीहरूलाई जारमा उत्पादन मिति र स्पष्ट लेबल अनिवार्य राख्न, बिल–बिजक साथमा लिएर हिँड्न र गुणस्तरमा संवेदनशील हुन कडा निर्देशन दिएको छ।
फुड टेक्नोलोजिस्ट अशोक पराजुलीका अनुसार प्रयोगशालामा पठाइएका नमुनाको परीक्षणले पानीको शुद्धता र सुरक्षितता सुनिश्चित गरिनेछ। विगतमा बल्खु, कालीमाटी र टङ्केश्वर क्षेत्रमा हैजाका बिरामी देखिएकोले महानगरले आगामी दिनमा समुदायस्तरमा पानी परीक्षण र सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ।
महानगरले साउन १८ गते अनुगमनका क्रममा कोटेश्वरमा १५ सवारी चेकजाँच गर्दा ७७ जार बरामद गरेकाे थियाे । त्यस्तै, साउन २० गते बल्खुमा ८ कम्पनीका सवारी जाँच गर्दा ५९ जार, साउन २१ गते चाबहिल–चुच्चेपाटीमा १९ सवारी अनुगमन गर्दा ६७ जार बरामद गरेकाे थियाे भने साउन २३ गते माछापोखरी–बालाजुमा २० सवारी अनुगमन गर्दा ६८ जार बरामद गरेकाे जनाएकाे छ ।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












