काठमाडौं महानगरद्वारा पानीको जार अनुगमन गर्दा मापदण्ड विपरीतका २७१ जार नष्ट
काठमाडौं । काठमाडौँ महानगरपालिकाले पिउने प्रशोधित पानीको गुणस्तर जाँचलाई कडाइ गर्दै पछिल्लो एक सातामा मापदण्ड नपुगेका २७१ जार बरामद गरी नष्ट गरेको छ।
बर्खायाममा पानीजन्य रोगको जोखिम बढेसँगै महानगरले बल्खु, चाबहिल–चुच्चेपाटी, माछापोखरी–बालाजु र कोटेश्वर क्षेत्रमा चेकपोस्ट राखी नियमित अनुगमन गर्दै आएको छ।
कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेका अनुसार असार र साउन महिनामा मात्र १३९ सवारी साधन चेकजाँच गर्दा ४५६ वटा फोहोर, कुचिएका वा मापदण्ड विपरीतका जार बरामद गरी नष्ट गरिएका छन्।
महानगरले पानी उत्पादक कम्पनीहरूलाई जारमा उत्पादन मिति र स्पष्ट लेबल अनिवार्य राख्न, बिल–बिजक साथमा लिएर हिँड्न र गुणस्तरमा संवेदनशील हुन कडा निर्देशन दिएको छ।
फुड टेक्नोलोजिस्ट अशोक पराजुलीका अनुसार प्रयोगशालामा पठाइएका नमुनाको परीक्षणले पानीको शुद्धता र सुरक्षितता सुनिश्चित गरिनेछ। विगतमा बल्खु, कालीमाटी र टङ्केश्वर क्षेत्रमा हैजाका बिरामी देखिएकोले महानगरले आगामी दिनमा समुदायस्तरमा पानी परीक्षण र सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ।
महानगरले साउन १८ गते अनुगमनका क्रममा कोटेश्वरमा १५ सवारी चेकजाँच गर्दा ७७ जार बरामद गरेकाे थियाे । त्यस्तै, साउन २० गते बल्खुमा ८ कम्पनीका सवारी जाँच गर्दा ५९ जार, साउन २१ गते चाबहिल–चुच्चेपाटीमा १९ सवारी अनुगमन गर्दा ६७ जार बरामद गरेकाे थियाे भने साउन २३ गते माछापोखरी–बालाजुमा २० सवारी अनुगमन गर्दा ६८ जार बरामद गरेकाे जनाएकाे छ ।
Comments
अरु समाचार
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...











