पर्सा अदालतमा उच्च कार्यसम्पादन, न्यायाधीश घिमिरे सम्मानित
काठमाडाैं । उच्च अदालत पाटनका लागि सिफारिश भएका न्यायाधीश दीपक खनालको नेतृत्वमा जिल्ला अदालत पर्साले गएको आर्थिक वर्षमा सात हजार दुई सय ४४ मुद्दा फर्छ्याैट गरेको जानकारी दिएका छन् ।
नयाँ पुरानासहित १२ हजार ६ सय ३५ मुद्दामध्ये ५७.३३ प्रतिशत मुद्दा फर्छ्यौट गरेको न्यायाधीश खनालले जानकारी दिए ।
‘मुद्दा फछर्यौटमा अदालतको मात्रै एकल भूमिका नभएर अन्य सरोकारवाला निकायको पनि भूमिका महत्वपूर्ण हुने गर्छ’, न्यायाधीश खनालले भने । खनाल पूर्वप्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको पालामा छुटाइएका थिए भने उनी प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत निकटका मानिन्छन् ।
अघिल्लो आवबाट जिम्मेवारी सरेका छ हजार ९२ र गत आवमा नयाँ दर्ता भएका मुद्दा संख्या छ हजार पाँच सय ४३ छन् । त्यस्तै अदालतमा १८ महिना नाघेका मुद्दाको संख्या तीन सय ६७ र दुई वर्ष नाघेका मुद्दाको संख्या तीन सय ३४ छन् । न्यायाधीश नन्दकिशोरप्रसाद यादवले अदालतले न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजना अनुसार काम गरिरहेको जानकारी दिए ।
यस्तै, अर्का न्यायाधीश माधवप्रसाद घिमिरेले समेत उत्कृष्ट काम गरेको अदालतले जनाएको छ । अदालतमा कार्यरत ११ न्यायाधीशमध्ये घिमिरे लोकसेवाबाटै न्यायाधीश बनेका हुन् । पहिलो पटक बाजुरामा न्यायाधीश बनेका उनी त्यसपछि काठमाडाैं र पर्सामा काम गर्न पुगे । तीन वटै जिल्लाका इजलासमा उत्कृष्ठ कार्यसम्पादन गरेका घिमिरे इमान्दार अनि स्वच्छ छविका न्यायाधीश मानिन्छन् ।
न्यायाधीश घिमिरेले पर्सामा समेत गएको आर्थिक वर्षमा ९ सय ८३ मुद्दा फछ्याैट गर्दै उत्कृष्ठ काम गरेको अदालतले जनाएको छ । उत्कृष्ट काम गरेपछि उनलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।
अदालतका श्रेस्तेदार प्रभाकरकुमार मल्लिकले वार्षिक कार्ययोजना अनुसार लक्ष्य राखेर मुद्दा फर्छ्यौट गर्ने योजना रहेको जानकारी दिए। अदालतमा ११ न्यायाधीश कार्यरत छन्। अदालतमा कार्यरत ती न्यायाधीसमध्ये न्यायाधीश माधवप्रसाद घिमिरेले गत आवमा नौ सय ८३ मुद्दा फर्छ्यौट गर्न सफल भए। उनलाई आइतबार एक कार्यक्रममा दोसल्ला ओढाएर सम्मान गरिएको छ।
न्यायाधीश दीपक खनालले नौ सय ३९, नन्दकिशोरप्रसाद यादवले सात सय ६२, आनन्दप्रसाद श्रेष्ठले छ सय ३०, प्रमेश पोखरेलले छ सय पाँच मुद्दा फर्छ्यौट गरे। त्यस्तै उत्तम सिलवालले काठमाडौं र पर्सामा गरी छ सय २४, उपेन्द्रकेशर खनालले सिरहा र पर्सामा गरी छ सय ५७, मोहन सुवेदीले पाँच सय ८४, मुकुन्द आचार्यले पाँच सय ३८, कमलकान्त जोशीले पाँच सय ६६, रुद्रप्रसाद सुवेदीले पाँच सय एक मुद्दा फर्छ्यौट गरे। पर्सा जिल्ला अदालतले गत आवमा नौ सय ५६ वर्ष तीन महिना एक दिन कैद बराबरको जरिवानाको लगत फर्छ्यौट गरेको छ। गत आवसम्म तीन हजार पाँच सय ५८ वर्ष ११ महिना ६ दिन कैदको लगत थियो। गत आवमा प्रति न्यायाधीश आठ सय ४३ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य तोकिएको थियो ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...












