ताजा समाचार

जङ्गली च्याउ खाएका दम्पतीको मृत्यु

काठमाडाैं । रोल्पामा जङ्गली च्याउ खाएका एक दम्पतीको मृत्यु भएको छ ।

परिवर्तन गाउँपालिका–२ भलाकाका ८१ वर्षीय भागिराम ओली र उनकी पत्नी ७३ बर्सिया नर्मला ओलीको विषालु च्याउ सेवनका कारण मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

भागिरामले मङ्गलवार बारीमा भेटेको च्याउ खाएपछि दम्पती नै बिरामी भएका थिए । सुरुमा गाउँकै मेडिकलमा उपचार गरिएको भए पनि ठिक नभएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ लगिएको थियो ।

उपचारका क्रममा नर्मलाको शनिवार र भागिरामको आइतबार निधन भएको छोरा मनबहादुरले जानकारी दिए । दम्पतीको शव पोस्टमार्टमका लागि प्रतिष्ठानमै राखिएको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org