ताजा समाचार

रविलाई भेट्न नख्खु जाँदै ‘प्रचण्ड’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भेट्न नख्खु कारागार जाने भएका छन् ।

प्रचण्ड बुधबार बेलुकी पूर्वउप्रधान एवम् गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेलाई भेट्न नख्खु कारागार जान लागेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बेलुकी ६ बजे सभापति लामिछानेलाई भेट्ने कार्यक्रम रहेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।

भैरहवा कारागार रहेका लामिछानेलाई साउन ३१ गते नख्खु कारागार स्थानान्तरण गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org