नेपाली सेना र सशस्त्र प्रहरीमा नयाँ भर्ना खुल्याे
काठमाडाैं । नेपाली सेना र सशस्त्र प्रहरी बलमा नयाँ भर्ना खुलेको छ । नेपाली सेनाको अधिकृत पदमा नयाँ भर्ना खुलेको छ ।
भर्ना छनोट निर्देशनालयले आज सार्वजनिक गरेको सूचना अनुसार अधिकृत क्याडेट पदमा दुई सय ८० जनाका लागि भर्ना खुलेको हो ।
खुलातर्फ एक सय ४६ जना र सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएका शारीरिक रुपमा अशक्त नेपाली सैनिकका सन्ततिका लागि १४ जनाको लागि कोटा छुट्याइएको छ ।
यसैगरी महिलाका लागि २४ जना, आदिवासी जनजातिका लागि ३८ जना, दलितका लागि १८ जना र पिछडिएको क्षेत्रका लागि छ जनाको आरक्षण छुट्याइएको छ । दरखास्त दिने म्याद असोज चार गतेसम्म रहेको निर्देशनालयले जनाएको छ ।
त्यसैगरी सशस्त्र प्रहरी बलमा पनि नयाँ भर्ना खुलेको छ । सशस्त्र प्रहरी जवान सहितका विभिन्न पदमा आठ सय ४६ जनाका लागि भर्ना खुलेको हो ।
जवान पदका लागि मात्रै सात सय ८६ जनाका लागि भर्ना खुलेको सशस्त्र प्रहरी बल प्रहरी प्रधान कार्यालयले जनाएको छ । आवेदन आउँदो एक महिनासम्म दिन सकिने छ ।
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












