‘ओलीले चुच्चे नक्सा ल्याएर नाटक गरे, हाम्राे सभापतीले टेलिभिजनबाट कुरा उठाउँनु भयाे’ : रमेश प्रसाई
काठमाडौं । रमेश प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीले चुच्चे नक्सा ल्याएर राष्ट्रवादको नाटक गरेको आरोप लगाएका छन् ।
रास्वपाका सह–प्रवक्ता समेत रहेका प्रसाईले सहकारी ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पार्टी सभापति रवि लामिछानेमाथी राजनीतिक प्रतिसोध साँधिएको भन्दै त्यसका बिरुद्ध हस्ताक्षर संकलन गर्ने क्रममा डोटी पुगेर यस्तो आरोप लगाएका हुन् ।
प्रसाईले भनेका छन् ‘कुनै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले चुच्चे नक्सा ल्याएर नाटक गरे,’ प्रसाईले भने, ‘त्यो नाटक रहेछ भन्ने कुरा कतिखेर थाह पाईयो भने पोहर दशैंमा सरकारले नयाँ नोट छापेन।’ नयाँ नोट छापेपछि कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको चुच्चे नक्सा राख्नुपर्छ भनेरनै नयाँ नोट नछापेको प्रसाईको आरोप थियो ।
यस पटकको भारत भ्रमणका बेला पनि प्रधानमन्त्री ओलीले यस बिषयमा गम्भिर कुरा गर्ने सम्भावना नभएको प्रसाईले जिकिर गरे । रवि लामिछाने साधारण पत्रकार हुँदा पनि लिपुलेक, लिम्पियाधुरा र कालापानीको बिषयमा तथ्य प्रमाण सहित टेलिभिजनबाट कुरा उठाएको प्रसाईको दावी छ ।
त्यस्तै, प्रसाईले एमालेले २०७९ सालको निर्वाचनमा समानुपातिकतर्फ २८ लाख मत ल्याएर पहिलो पार्टी भएको तर रास्वपाको हस्ताक्षर अभियानमा ३४ लाखले हस्ताक्षर गरिसके उनको भनाई छ।
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












