ताजा समाचार

‘ओलीले चुच्चे नक्सा ल्याएर नाटक गरे, हाम्राे सभापतीले टेलिभिजनबाट कुरा उठाउँनु भयाे’ : रमेश प्रसाई

काठमाडौं । रमेश प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीले चुच्चे नक्सा ल्याएर राष्ट्रवादको नाटक गरेको आरोप लगाएका छन् ।

रास्वपाका सह–प्रवक्ता समेत रहेका प्रसाईले सहकारी ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पार्टी सभापति रवि लामिछानेमाथी राजनीतिक प्रतिसोध साँधिएको भन्दै त्यसका बिरुद्ध हस्ताक्षर संकलन गर्ने क्रममा डोटी पुगेर यस्तो आरोप लगाएका हुन् ।

प्रसाईले भनेका छन् ‘कुनै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले चुच्चे नक्सा ल्याएर नाटक गरे,’ प्रसाईले भने, ‘त्यो नाटक रहेछ भन्ने कुरा कतिखेर थाह पाईयो भने पोहर दशैंमा सरकारले नयाँ नोट छापेन।’ नयाँ नोट छापेपछि कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको चुच्चे नक्सा राख्नुपर्छ भनेरनै नयाँ नोट नछापेको प्रसाईको आरोप थियो ।

यस पटकको भारत भ्रमणका बेला पनि प्रधानमन्त्री ओलीले यस बिषयमा गम्भिर कुरा गर्ने सम्भावना नभएको प्रसाईले जिकिर गरे । रवि लामिछाने साधारण पत्रकार हुँदा पनि लिपुलेक, लिम्पियाधुरा र कालापानीको बिषयमा तथ्य प्रमाण सहित टेलिभिजनबाट कुरा उठाएको प्रसाईको दावी छ ।

त्यस्तै, प्रसाईले एमालेले २०७९ सालको निर्वाचनमा समानुपातिकतर्फ २८ लाख मत ल्याएर पहिलो पार्टी भएको तर रास्वपाको हस्ताक्षर अभियानमा ३४ लाखले हस्ताक्षर गरिसके उनको भनाई छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org