नारायणकाजीविरुद्ध १९ वर्षीय युवा आयुषले हाले अदालतको अवहेलना मुद्दा
काठमाडौं । १९ वर्षीय युवा आयुष दाहालले नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गराएका छन् ।
कानूनका विद्यार्थी समेत रहेका मोरङका दाहालले राष्ट्रियसभा जस्तो बौद्धिक व्यक्तिहरुको सभामा रहेका नेताले अदालतको मान प्रतिष्ठामाथि आँच पुर्याउने गरि सार्वजनिक रुपमा अभिव्यक्ति दिएको भन्दै सर्वोच्चमा मुद्दा दर्ता गराएका हुन् ।
दाहालले सर्वोच्चमा श्रेष्ठविरुद्ध मुद्दा दर्ता गर्दै भनेका छन्, न्यायपालिकाको शुद्धिकरणमा ध्यान दिनुको सट्टा घुस नभई न्याय पाइन्न भन्नेजस्तो गैरसंवेदनशील विषयमा अभिव्यक्ति दिएर न्यायपालिकाको विश्वासमा गम्भीर प्रभाव पार्न खोज्नु लोकतन्त्रका लागि राम्रो होइन् । लोकतन्त्रको सुदृढीकरणका लागि पनि यस्ता विषयमा सचेत नागरिकको हैसियतले सर्वोच्च पुगेँ ।
यो पनि पढ्नुहोस्ः च्याँखे थाप्न नारायणकाजीले न्यायालयविरुद्ध फालेको जालः माछा पर्ला कि भ्यागुतो ?
दाहालले दायर गरेको मुद्दा असोज १९ गतेका लागि पेशी तोकिएको छ । नेता श्रेष्ठले सामाजिक सञ्जालमा केहिदिन पहिले सामाजिक सञ्जालमा न्यायको खोजीमा अदालत पुगेको कुनै पनि नेपालीले सम्पर्क, पहुँच वा घुस बिना न्याय पाउने अवस्था नरहेको भन्दै अदालत स्वार्थ, बदला र प्रतिशोध पुरा गर्ने साधन बन्न पुगेको आरोप लगाएका थिए ।
के लेखेका थिए नेता श्रेष्ठले ?
पछिल्लो समय अदालतमाथि अनेक आरोप लगाउने र न्याय किनबेच हुने गरेको आरोप लगाउदै अभिव्यक्ति दिनेक्रम बढेको छ । न्यायपालिकामाथिका यस्ता टिप्पणीले न्याय सम्पादनमा समेत प्रभाव पर्ने विज्ञहरुले बताउने गरेका छन् ।
न्यापालिकाले गर्ने गलत कामका लागि नेपाल बार, न्याय परिषद् र संसदले समेत उच्च निगरानी राख्ने भएकाले सार्वजनिक टिप्पणीले अदालतमाथि अनास्था फैलाउने टिप्पणी गर्न नहुनेमा जोड दिने गरिएको छ । यद्यपी यसअघि नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले समेत न्यायाधीशविरुद्ध गम्भीर टिप्पणी गरेपछि उनीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा चलिरहेको छ ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...












