नारायणकाजीविरुद्ध १९ वर्षीय युवा आयुषले हाले अदालतको अवहेलना मुद्दा
काठमाडौं । १९ वर्षीय युवा आयुष दाहालले नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गराएका छन् ।
कानूनका विद्यार्थी समेत रहेका मोरङका दाहालले राष्ट्रियसभा जस्तो बौद्धिक व्यक्तिहरुको सभामा रहेका नेताले अदालतको मान प्रतिष्ठामाथि आँच पुर्याउने गरि सार्वजनिक रुपमा अभिव्यक्ति दिएको भन्दै सर्वोच्चमा मुद्दा दर्ता गराएका हुन् ।
दाहालले सर्वोच्चमा श्रेष्ठविरुद्ध मुद्दा दर्ता गर्दै भनेका छन्, न्यायपालिकाको शुद्धिकरणमा ध्यान दिनुको सट्टा घुस नभई न्याय पाइन्न भन्नेजस्तो गैरसंवेदनशील विषयमा अभिव्यक्ति दिएर न्यायपालिकाको विश्वासमा गम्भीर प्रभाव पार्न खोज्नु लोकतन्त्रका लागि राम्रो होइन् । लोकतन्त्रको सुदृढीकरणका लागि पनि यस्ता विषयमा सचेत नागरिकको हैसियतले सर्वोच्च पुगेँ ।
यो पनि पढ्नुहोस्ः च्याँखे थाप्न नारायणकाजीले न्यायालयविरुद्ध फालेको जालः माछा पर्ला कि भ्यागुतो ?
दाहालले दायर गरेको मुद्दा असोज १९ गतेका लागि पेशी तोकिएको छ । नेता श्रेष्ठले सामाजिक सञ्जालमा केहिदिन पहिले सामाजिक सञ्जालमा न्यायको खोजीमा अदालत पुगेको कुनै पनि नेपालीले सम्पर्क, पहुँच वा घुस बिना न्याय पाउने अवस्था नरहेको भन्दै अदालत स्वार्थ, बदला र प्रतिशोध पुरा गर्ने साधन बन्न पुगेको आरोप लगाएका थिए ।
के लेखेका थिए नेता श्रेष्ठले ?
पछिल्लो समय अदालतमाथि अनेक आरोप लगाउने र न्याय किनबेच हुने गरेको आरोप लगाउदै अभिव्यक्ति दिनेक्रम बढेको छ । न्यायपालिकामाथिका यस्ता टिप्पणीले न्याय सम्पादनमा समेत प्रभाव पर्ने विज्ञहरुले बताउने गरेका छन् ।
न्यापालिकाले गर्ने गलत कामका लागि नेपाल बार, न्याय परिषद् र संसदले समेत उच्च निगरानी राख्ने भएकाले सार्वजनिक टिप्पणीले अदालतमाथि अनास्था फैलाउने टिप्पणी गर्न नहुनेमा जोड दिने गरिएको छ । यद्यपी यसअघि नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले समेत न्यायाधीशविरुद्ध गम्भीर टिप्पणी गरेपछि उनीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा चलिरहेको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











