सिटी एक्सप्रेसको चाडपर्व अफर सार्वजनिक, हरेक हप्तामा ग्राहकलाई १ लाख उपहार
काठमाडौं। सिटी एक्सप्रेस मनि ट्रान्सफरले २०८२ सालको दसैँ, तिहार र छठलाई लक्षित गरी नयाँ उपहार योजना सार्वजनिक गरेको छ ।
एक कार्यक्रमको आयोजना गर्दै सिटी एक्सप्रेसले “यो दसैँ तिहारमा सिटी एक्सप्रेसको साथ, हरेक हप्ता १ लाख” भन्ने नारासहित उपहार घोषणा गरेको हो । घोषणा कार्यक्रममा चर्चित हास्य कलाकार तथा सिटी एक्सप्रेसका ब्रान्ड एम्बासडर जितु नेपाल पनि उपस्थित थिए ।
कम्पनीका अनुसार यस योजनाअन्तर्गत हरेक हप्तामा लक्की ड्रमार्फत एक जनाले नगद १ लाख रुपैयाँ जित्नेछन्। यो योजना लगातार ९ हप्तासम्म सञ्चालन हुनेछ । साथै, दैनिक रूपमा सिटी पे प्रयोग गर्ने सबै सेवाग्राहीले क्यास ब्याक पाउने व्यवस्था गरिएको छ ।
यो अफर भदौ १६ देखि कार्तिक १५ गतेसम्म लागू हुनेछ। यस अवधिमा विदेशबाट सिटी एक्सप्रेसमार्फत पठाइने सम्पूर्ण रेमिट्यान्स सेवाग्राही स्वचालित रूपमा योजनामा सहभागी हुनेछन् । विजेताको छनोट विद्युतीय प्रणालीद्वारा हुने र योजना सिटी एक्सप्रेसका कर्मचारीलाई लागू नहुने कम्पनीले जनाएको छ ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले विगत १९ वर्षदेखि संसारभरबाट रेमिट्यान्स सेवा दिँदै आएको छ । हालै कम्पनीले ‘सिटी पे’ वालेटमार्फत अनलाइन भुक्तानी र रेमिट्यान्स भुक्तानी सेवा सुरु गरेको छ ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












