सिटी एक्सप्रेसको चाडपर्व अफर सार्वजनिक, हरेक हप्तामा ग्राहकलाई १ लाख उपहार
काठमाडौं। सिटी एक्सप्रेस मनि ट्रान्सफरले २०८२ सालको दसैँ, तिहार र छठलाई लक्षित गरी नयाँ उपहार योजना सार्वजनिक गरेको छ ।
एक कार्यक्रमको आयोजना गर्दै सिटी एक्सप्रेसले “यो दसैँ तिहारमा सिटी एक्सप्रेसको साथ, हरेक हप्ता १ लाख” भन्ने नारासहित उपहार घोषणा गरेको हो । घोषणा कार्यक्रममा चर्चित हास्य कलाकार तथा सिटी एक्सप्रेसका ब्रान्ड एम्बासडर जितु नेपाल पनि उपस्थित थिए ।
कम्पनीका अनुसार यस योजनाअन्तर्गत हरेक हप्तामा लक्की ड्रमार्फत एक जनाले नगद १ लाख रुपैयाँ जित्नेछन्। यो योजना लगातार ९ हप्तासम्म सञ्चालन हुनेछ । साथै, दैनिक रूपमा सिटी पे प्रयोग गर्ने सबै सेवाग्राहीले क्यास ब्याक पाउने व्यवस्था गरिएको छ ।
यो अफर भदौ १६ देखि कार्तिक १५ गतेसम्म लागू हुनेछ। यस अवधिमा विदेशबाट सिटी एक्सप्रेसमार्फत पठाइने सम्पूर्ण रेमिट्यान्स सेवाग्राही स्वचालित रूपमा योजनामा सहभागी हुनेछन् । विजेताको छनोट विद्युतीय प्रणालीद्वारा हुने र योजना सिटी एक्सप्रेसका कर्मचारीलाई लागू नहुने कम्पनीले जनाएको छ ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले विगत १९ वर्षदेखि संसारभरबाट रेमिट्यान्स सेवा दिँदै आएको छ । हालै कम्पनीले ‘सिटी पे’ वालेटमार्फत अनलाइन भुक्तानी र रेमिट्यान्स भुक्तानी सेवा सुरु गरेको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












