ताजा समाचार

नारायणकाजीविरुद्धको अवहेलना मुद्दा श्रेष्ठ र पाैडेलको इजलासमा

काठमाडाैं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठविरुद्ध आुयष दाहालले दायर गरेको अदालतको अवहेलना मुद्दा सर्वोच्चका न्ययाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पाैडेलको इजलासमा सुुवाई हुने भएको छ ।

१९ वर्षीय युवा दाहालले दायर गरेको अवहेलना मुद्दामा सुनुवाई हुने भएपछि अदालतले कस्तो निर्णय लिन्छ भन्ने चासो बढेको छ ।

दाहालले नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जालमार्फत अदालतको विश्वासमा आघात पुर्‍याउने गरि अभिव्यक्ति दिएको भन्दै अवहेलना मुद्दा दर्ता गराएका थिए ।

सम्बन्धित समाचार शीर्षकः नारायणकाजीविरुद्ध १९ वर्षीय युवा आयुषले हाले अदालतको अवहेलना मुद्दा

यस्तै, प्रधानमन्त्री केपी ओलीले संसदबाट विश्वासको मत नलिएको मुद्दाको पेशी समेत यहि इजलासमा परेको छ । ओलीले नागरिक उन्मुक्ति र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि संविधानले तोकेको समयभित्र विश्वासको मत लिएका थिएनन् । यद्यपी अहिले समर्थन फिर्ता लिुएको नाउपाले आफूलाई सत्ता पक्षमा राख्न निवेदन नै दिएपछि सत्तापक्ष बनिसकेको छ ।

यो पनि पढ्नुहोस्ः च्याँखे थाप्न नारायणकाजीले न्यायालयविरुद्ध फालेको जालः माछा पर्ला कि भ्यागुतो ?

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org