ताजा समाचार

कर्ण थापाले विधान महाधिवेशनमा राख्न खाेजेकाे फरक मतमा के छ ? (पूर्णपाठ)

काठमाडौं । ललितपुरकाे गाेदावरीमा जारि नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा अहिले समूहगत छलफल चलिरहेको छ । समूहगत छलफलअघि स्थायी कमिटी सदस्य कर्ण थापालाई फरक मत राख्न दिने कार्यसूची थियो ।

यसमा अध्यक्ष केपी शर्मा ओली पनि सहमत नै थिए । तर आज अन्तिम समयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता रोक्ने पार्टीको निर्णयमाथि असहमतिसहित फरक मत राख्न रोक लगाइयो ।

आफूले थापासँग वान टू वान कुरा गर्दा समेत सहमत नभएको ओलीको भनाइ थियो । आज फरक मत राख्न तयार भएका थापा आधा घण्टासम्म उभिएर त्यसै फकाइयो ।

थापाले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने, ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउनेलगायतको विषय समेटिएको ३२ पृष्ठ लामो फरक ३ दिनअघि च्यासलमा पेस गरेका थिए ।

यस्ताे छ थापाले राख्न खाेजेकाे फरक मत !

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org