‘त्रिवि क्रिकेट रङ्गशाला देशकै नमूना विकास योजना’
कीर्तिपुर (काठमाडौं) । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशाला देशकै नमूना विकास योजना बन्न पुगेको बताएका छन् । निर्माणधीन रङ्गशालाको प्रगति विवरण बुझ्न आज कीर्तिपुर पुग्नुभएका उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै तोकिएको समयभन्दा केही बढी समय लागे पनि नमूना योजना बनेको बताएका हुन् ।
उपप्रधानमन्त्री सिंहले भने, ‘अरु आयोजना समयावधिभन्दा दोब्बर, तेब्बर ढिलो बन्ने प्रवृत्ति हेर्दा यसमा धेरै ढिला भएको छैन । यद्यपि, ढिलाइ हुने प्रवृत्ति निरुत्साहित गर्न जरिवानाको प्रावधानलाई बिना मोलाहिजा लागू गरिएको छ । यो आयोजनाले हामीलाई उत्साहित बनाएको छ ।’
रङ्गशाला स्तरीकरणको पहिलो चरणअन्तर्गत प्यारापिट निर्माण सम्पन्न भएको र फ्लडलाईट जडान पनि अन्तिम चरणमा पुगेकाले केही दिनमै १० हजार दर्शकलाई खेल देखाउन सक्ने गरी रङ्गशाला तयार हुने विश्वास थियो । उपप्रधानमन्त्री सिंहलाई सहरी विकास मन्त्रालयका सहसचिव चक्रवर्ती कण्ठ तथा निर्माण व्यवसायीहरूले त्यहाँको कार्य प्रगतिबारे जानकारी गराएका थिए ।
वर्तमान सरकार गठन भएकै दिन पहिलो मन्त्रिपरिषद् बैठकले त्रिवि क्रिकेट रङ्गशालालाई ३०० दिनभित्र सबै सुविधायुक्त र रातिसमेत खेल्न मिल्ने गरी अन्तरराष्ट्रियस्तरको बनाउने निर्णय गरेको थियो । यसअन्तर्गत पहिलो चरणमा १० हजार सिट क्षमताको प्यारापिट निर्माण र छ वटा फ्लडलाई जडान गर्ने योजना छ । दोस्रो चरणमा भने १५ हजार थप दर्शक अट्ने गरी प्यारापिट, ड्रेसिङ रूम, सञ्चार तथा विशिष्ट कक्षसमेत निर्माण हुने जनाइएको छ । -रासस
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












