ताजा समाचार

स्वतन्त्र प्यालेस्टाइनकाे पक्षमा उभियाे नेपाल !

काठमाडौँ । संयुक्त राष्ट्रसंघ महासभामा भएको मतदानमा १४२ राष्ट्रले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने पक्षमा मतदान गरेका छन्। नेपालले पनि उक्त मतदानमा स्वतन्त्र प्यालेस्टाइनकै पक्षमा मतदान गरेको हो।

मतदानमा १२ देश अनुपस्थित रहे भने १० देशले प्यालेस्टाइनको विपक्षमा मतदान गरेका थिए। अर्जेन्टिना, हंगेरी, इजराइल, मिक्सोसिया, नाउरु, पलाउ, पपुवा न्युगिनी, पाराग्वे, टोन्गा र अमेरिकाले विपक्षमा मतदान गरेका हुन्।

यसबीच, इजराइलको हमलाका कारण गाजामा भोकमरीले मानिसहरू ज्यान गुमाइरहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org