मध्यमेवा जलविद्युत् आयोजनाको मुख्य सुरुङमा ‘ब्रेक थ्रु’ !
काठमाडौं । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका तथा मेरिङ्देन गाउँपालिकामा निर्माणाधीन मध्यमेवा जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माणमा ब्रेक थ्रु भएको छ ।
मेवा डेभलपर्स लिमिटेडद्वारा प्रवर्धन गरिरहेको ७३.५ मेगावाट क्षमताको मध्यमेवा जलविद्युत् आयोजनाको मुख्य सुरुङमा बिहीबार ब्रेक थ्रु भएको हो । मिक्वाखोला –४ साँबाको फुङफुङ्गे मन्दिरदेखि मिक्वाखोला –३ को लिवाङ पुछार मेवाखोलासम्म रहेको आयोजनाको ५ हजार ८ सय ४३ मिटर लामो हेडरेस टनेल ‘ब्रेक थ्रु’ भएको आयोजनाका प्रमुख व्यवस्थापक सुनिलप्रसाद रेग्मीले जानकारी दिए ।
आयोजनाको मुख्य सिभिल संरचना निर्माणसँगै आयोजनाको हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल तथा विद्युत् प्रसारण लाइनसम्बन्धी कार्यहरू सम्पन्न हुने अवस्थामा रहेको आयोजनाका प्रमुख रवि मुल्मीले बताए । करिब १४ अर्ब रुपियाँ लागत अनुमान गरिएको यस आयोजनाको हेडवर्कस् साँवाको तेम्बामा र विद्युत् गृह लप्सिबोटेमुनि छ ।
आयोजनाबाट उत्पादित विद्युत् १०।७ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन हुँदै नेपाल विद्युत् प्राधिकरणको ढुङ्गेसाँघु सबस्टेनशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा समाहित गर्ने योजना छ । त्यसका लागि विद्युत् गृहदेखि प्रसारण लाइनसम्मको दूरीमा करिब ३६ वटा टावर निर्माण कार्य भइरहेको आयोजनाका प्रमुख मुल्मीको भनाइ छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











