मध्यमेवा जलविद्युत् आयोजनाको मुख्य सुरुङमा ‘ब्रेक थ्रु’ !
काठमाडौं । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका तथा मेरिङ्देन गाउँपालिकामा निर्माणाधीन मध्यमेवा जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माणमा ब्रेक थ्रु भएको छ ।
मेवा डेभलपर्स लिमिटेडद्वारा प्रवर्धन गरिरहेको ७३.५ मेगावाट क्षमताको मध्यमेवा जलविद्युत् आयोजनाको मुख्य सुरुङमा बिहीबार ब्रेक थ्रु भएको हो । मिक्वाखोला –४ साँबाको फुङफुङ्गे मन्दिरदेखि मिक्वाखोला –३ को लिवाङ पुछार मेवाखोलासम्म रहेको आयोजनाको ५ हजार ८ सय ४३ मिटर लामो हेडरेस टनेल ‘ब्रेक थ्रु’ भएको आयोजनाका प्रमुख व्यवस्थापक सुनिलप्रसाद रेग्मीले जानकारी दिए ।
आयोजनाको मुख्य सिभिल संरचना निर्माणसँगै आयोजनाको हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल तथा विद्युत् प्रसारण लाइनसम्बन्धी कार्यहरू सम्पन्न हुने अवस्थामा रहेको आयोजनाका प्रमुख रवि मुल्मीले बताए । करिब १४ अर्ब रुपियाँ लागत अनुमान गरिएको यस आयोजनाको हेडवर्कस् साँवाको तेम्बामा र विद्युत् गृह लप्सिबोटेमुनि छ ।
आयोजनाबाट उत्पादित विद्युत् १०।७ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन हुँदै नेपाल विद्युत् प्राधिकरणको ढुङ्गेसाँघु सबस्टेनशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा समाहित गर्ने योजना छ । त्यसका लागि विद्युत् गृहदेखि प्रसारण लाइनसम्मको दूरीमा करिब ३६ वटा टावर निर्माण कार्य भइरहेको आयोजनाका प्रमुख मुल्मीको भनाइ छ ।
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












