बेइजिङमा ‘सुमधुर सम्बन्धका ७० साल’ पुस्तकको भव्य विमोचन
बेइजिङ । नेपाल–चीन मिडिया फोरमद्वारा प्रकाशित ‘सुमधुर सम्बन्धका ७० साल’ बेइजिङमा विमोचन गरिएको छ ।
बेइजिङस्थित नेपाली दूतावासको सभाकक्षमा विमोचन गरिएको उक्त पुस्तक नेपाल र चीनबीचको सम्बन्धमा लिखित दस्ताबेज रहेको मञ्चका अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिएका छन् ।
नेपाली दूतावास तथा नेपाल–चीन मिडिया मञ्चले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रममा ८० भन्दा बढी चिनियाँ प्राज्ञहरूको उपस्थिति थियो । चीनका विभिन्न विश्वविद्यालयमा नेपालसम्बन्धी अध्ययन÷अनुसन्धान गरिरहेका ती चिनियाँ प्राज्ञहरूले दुई देशबीचको मैत्री सम्बन्धमा यो पुस्तक एउटा कोशेढुङ्गाका रूपमा स्थापित हुने उल्लेख गरेका छन् ।
चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीले यसप्रकारको पुस्तक विमोचन गर्न पाउँदा उत्साहित भएको उल्लेख गरे । उनले नेपाल र चीनबीचका ७० वर्षका महत्त्वपूर्ण उपलब्धिलाई लिपिबद्ध गरेकामा मञ्चसहित मञ्चका अध्यक्ष श्रेष्ठलाई धन्यवाद दिँदै हार्दिक आभार प्रकट गरे । पुस्तकले वर्तमान र भावी पुस्तालाई दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनापछिका महत्त्वपूर्ण खुड्किलाहरू राखेर इतिहासलाई जीवन्त राखेको उनले बताए ।
पुस्तकमाथि धारणा राख्दै कन्फ्युसियस इन्स्टिच्युटका छिउ क्वोमिङले चीन र नेपालबीचमा चासो राख्ने सबैका लागि यो पुस्तक उपयोगी र आधिकारिक स्रोत हुने विश्वास व्यक्त गरे । नेपाली र चिनियाँ दुवै भाषामा रहेकाले पुस्तक दुवै देशका पाठकलाई सहज भएको उनको भनाइ छ ।
सियामन विश्वविद्यालयका प्राध्यापक चियाङ सियाओसियानले महत्त्वपूर्ण क्षणमा पुस्तक प्रकाशन भएको बताउँदै चीन र नेपालबीचका विभिन्न घुम्तीहरूलाई पुस्तकले समेटेको उल्लेख गरे । यो पुस्तक अध्येताका लागि सङ्कलनयोग्य रहेको भन्दै उहाँले प्रसंशा गरे ।
कार्यक्रमका वक्ता युन्नान अन्तरराष्ट्रिय अर्थ, व्यापार तथा सांस्कृतिक सहकार्यका उपमहासचिव रन चिकाङले पुस्तक विमोचन समारोहमा उपस्थित भएर बोल्न पाउँदा खुशी लागेको भन्दै ७० वर्षको इतिहासलाई एउटै पुस्तकमा चिनियाँ र नेपाली भाषामा प्रकाशन गर्नु निकै कठिन कार्य भएको बताएका छन् ।
कार्यक्रममा नेपाल–चीन मिडिया मञ्चका अध्यक्ष श्रेष्ठले नेपालमा पुस्तक प्रकाशन गरी चीनमा आएर विमोचन गर्न पाउनु गर्वको विषय भएको धारणा राखे । उनले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका अवसरमा प्रकाशित यो पुस्तकको हाम्रा लागि सफलताको विषय भएको बताए । चीनका टाढाका प्रान्तबाट पनि कार्यक्रममा उपस्थित भएर सफल बनाउन सहयोग गर्नुहुने चिनियाँ विज्ञप्रति उनले आभार प्रकट गरे ।
कार्यक्रमको अन्तमा प्रश्नोत्तरसहित छलफल भएको थियो । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सका अवसरमा प्रकाशित यस पुस्तकमा दुई देशबीचका भएका सन्धिसम्झौतासँगै विविध आयामलाई समेटिएको छ ।
नेपालको पूर्वाधार विकासमा चीनले गरेको सहयोग, नेपाल राष्ट्र बैंक स्थापनामा चीनले दिएको अनुदानलगायत विषयमा छलफल भएको थियो । विगत ७० वर्षमा चीनले नेपालमा लगानी गरेको तथ्य समेट्दै नेपालको भौतिक पूर्वाधार विकासमा चीनको योगदानको समालोचना पनि यस पुस्तकमा गरिएको छ ।
आर्थिक वर्ष २०८०/८१ को जेठसम्म चिनियाँ व्यवसायीले नेपालका दुई हजार ४४८ वटा व्यवसाय तथा परियोजनामा रु दुई खर्ब २४ अर्बभन्दा बढी लगानी गरेका पुस्तकमा उल्लेख छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











