बेइजिङमा ‘सुमधुर सम्बन्धका ७० साल’ पुस्तकको भव्य विमोचन
बेइजिङ । नेपाल–चीन मिडिया फोरमद्वारा प्रकाशित ‘सुमधुर सम्बन्धका ७० साल’ बेइजिङमा विमोचन गरिएको छ ।
बेइजिङस्थित नेपाली दूतावासको सभाकक्षमा विमोचन गरिएको उक्त पुस्तक नेपाल र चीनबीचको सम्बन्धमा लिखित दस्ताबेज रहेको मञ्चका अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिएका छन् ।
नेपाली दूतावास तथा नेपाल–चीन मिडिया मञ्चले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रममा ८० भन्दा बढी चिनियाँ प्राज्ञहरूको उपस्थिति थियो । चीनका विभिन्न विश्वविद्यालयमा नेपालसम्बन्धी अध्ययन÷अनुसन्धान गरिरहेका ती चिनियाँ प्राज्ञहरूले दुई देशबीचको मैत्री सम्बन्धमा यो पुस्तक एउटा कोशेढुङ्गाका रूपमा स्थापित हुने उल्लेख गरेका छन् ।
चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीले यसप्रकारको पुस्तक विमोचन गर्न पाउँदा उत्साहित भएको उल्लेख गरे । उनले नेपाल र चीनबीचका ७० वर्षका महत्त्वपूर्ण उपलब्धिलाई लिपिबद्ध गरेकामा मञ्चसहित मञ्चका अध्यक्ष श्रेष्ठलाई धन्यवाद दिँदै हार्दिक आभार प्रकट गरे । पुस्तकले वर्तमान र भावी पुस्तालाई दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनापछिका महत्त्वपूर्ण खुड्किलाहरू राखेर इतिहासलाई जीवन्त राखेको उनले बताए ।
पुस्तकमाथि धारणा राख्दै कन्फ्युसियस इन्स्टिच्युटका छिउ क्वोमिङले चीन र नेपालबीचमा चासो राख्ने सबैका लागि यो पुस्तक उपयोगी र आधिकारिक स्रोत हुने विश्वास व्यक्त गरे । नेपाली र चिनियाँ दुवै भाषामा रहेकाले पुस्तक दुवै देशका पाठकलाई सहज भएको उनको भनाइ छ ।
सियामन विश्वविद्यालयका प्राध्यापक चियाङ सियाओसियानले महत्त्वपूर्ण क्षणमा पुस्तक प्रकाशन भएको बताउँदै चीन र नेपालबीचका विभिन्न घुम्तीहरूलाई पुस्तकले समेटेको उल्लेख गरे । यो पुस्तक अध्येताका लागि सङ्कलनयोग्य रहेको भन्दै उहाँले प्रसंशा गरे ।
कार्यक्रमका वक्ता युन्नान अन्तरराष्ट्रिय अर्थ, व्यापार तथा सांस्कृतिक सहकार्यका उपमहासचिव रन चिकाङले पुस्तक विमोचन समारोहमा उपस्थित भएर बोल्न पाउँदा खुशी लागेको भन्दै ७० वर्षको इतिहासलाई एउटै पुस्तकमा चिनियाँ र नेपाली भाषामा प्रकाशन गर्नु निकै कठिन कार्य भएको बताएका छन् ।
कार्यक्रममा नेपाल–चीन मिडिया मञ्चका अध्यक्ष श्रेष्ठले नेपालमा पुस्तक प्रकाशन गरी चीनमा आएर विमोचन गर्न पाउनु गर्वको विषय भएको धारणा राखे । उनले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका अवसरमा प्रकाशित यो पुस्तकको हाम्रा लागि सफलताको विषय भएको बताए । चीनका टाढाका प्रान्तबाट पनि कार्यक्रममा उपस्थित भएर सफल बनाउन सहयोग गर्नुहुने चिनियाँ विज्ञप्रति उनले आभार प्रकट गरे ।
कार्यक्रमको अन्तमा प्रश्नोत्तरसहित छलफल भएको थियो । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सका अवसरमा प्रकाशित यस पुस्तकमा दुई देशबीचका भएका सन्धिसम्झौतासँगै विविध आयामलाई समेटिएको छ ।
नेपालको पूर्वाधार विकासमा चीनले गरेको सहयोग, नेपाल राष्ट्र बैंक स्थापनामा चीनले दिएको अनुदानलगायत विषयमा छलफल भएको थियो । विगत ७० वर्षमा चीनले नेपालमा लगानी गरेको तथ्य समेट्दै नेपालको भौतिक पूर्वाधार विकासमा चीनको योगदानको समालोचना पनि यस पुस्तकमा गरिएको छ ।
आर्थिक वर्ष २०८०/८१ को जेठसम्म चिनियाँ व्यवसायीले नेपालका दुई हजार ४४८ वटा व्यवसाय तथा परियोजनामा रु दुई खर्ब २४ अर्बभन्दा बढी लगानी गरेका पुस्तकमा उल्लेख छ ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...












