नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे आफ्नै लगानी र ज्ञानको उपयोग गर्दै सिर्जना गरेको यस प्लेटफर्मको सर्वत्र प्रशंसा भइरहेकाे छ ।
नेपालमै विकास गरिएको यस सामाजिक प्लेटफर्मले डिजिटल रूपान्तरण, व्यवसायिक सशक्तीकरण र समावेशी प्राविधिक विकासलाई एकैसाथ अघि बढाउने महत्वाकांक्षासहित औपचारिक यात्रा सुरु गरेको हो। नेपाली युवाको सिर्जना प्रयास, प्राविधिक दूरदृष्टि र नवप्रवर्तनशील सोचको उत्कृष्ट उदाहरणका रूपमा आइटी विज्ञहरुले यस परियोजनालाई लिएका छन् । यो व्यवसाय, व्यक्तित्व र विभिन्न निकायहरूलाई सशक्त बनाउने उद्देश्यले तयार पारिएको हो । यसमा सम्पर्क, व्यापार र अवसरहरूलाई एउटै प्लेटफर्ममा समेटिएको छ।
‘ग्लोबल डायरी’ नेपालमै बनाइएको भए तापनि यसको उद्देश्य, कार्यशैली र पहुँच भने अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार गरिएको छ। यस प्लेटफर्मले व्यक्तिगत प्रयोगकर्ता, व्यवसायिक संस्था तथा विभिन्र निकायहरूलाई एउटै डिजिटल संरचनामा जोडेर सम्पर्क, व्यापार, सेवा तथा अवसरहरूलाई सजिलै पहुँच योग्य बनाउने उद्देश्य बोकेको छ।
नेपालको पिछडिएकाे डिजिटल संरचनालाई सम्बोधन गर्दै एआई-सञ्चालित बहुपक्षीय प्लेटफर्ममार्फत सबै पक्षलाई सशक्त बनाउने लक्ष्यसहित ग्लोबल डायरीको निर्माण गरिएको हो।
ग्लोबल डायरीको उद्देश्य:
ग्लोबल डायरी निर्माणको मुख्य उद्देश्य नेपालको पिछडिएकाे डिजिटल प्रणालीलाई समाधान गर्नु र व्यक्तिहरू, व्यवसायहरू तथा विभिन्न निकायहरूलाई डिजिटल प्लेटफर्म मार्फत जाेड्नु हो। यसका उद्देश्यहरू निम्न छन् :
डिजिटल केन्द्रित उपस्थिती – ग्लोबल डायरी प्रयोगकर्ताले सीभी स्तर प्रोफाइलिङ, व्यवसाय पृष्ठ र व्यावसायिक विवरणहरू सहजै व्यवस्थापन गर्न सक्छन्।
प्रयोगकर्ताको सशक्तिकरण – व्यक्तिहरूले आफ्नो सीप, उपलब्धिहरूको संकलन (पोर्टफोलियो), उपलब्धि तथा सेवाहरू प्रस्तुत गर्न सक्छन्, जसले नेटवर्क विस्तार, रोजगारी र स्वतन्त्र पेशागत (फ्रिलान्स) अवसरहरू बढाउँछ।
व्यवसाय वृद्धि र नवप्रवर्तन – साना व्यवसाय, नवउद्यम (स्टार्टअप) तथा ठूला कम्पनीहरूले वेबसाइट लेभलको प्रोफाइलिङ, आफ्नो उत्पादन र सेवाहरु विक्रीवितरणका लागि सहजीकरण गर्न सक्छन् । आवश्यकताअनुसार कर्मचारीहरु नियुक्ति र नेतृत्व व्यवस्थापन गर्न सक्छन् ।
डेटा सुरक्षा र स्थानीय सान्दर्भिकता – देशमै विकास गरिएको डिजिटल प्लेटफर्मका रूपमा यसले आवश्यकता, मापदण्ड र राष्ट्रिय स्तरको डेटा सुरक्षालाई प्राथमिकता दिन्छ।
किफायती र समावेशी – ग्लोबल डायरीलाई सस्तो र विस्तारयोग्य (स्केलेबल) बनाइएको छ, जसले साना व्यवसाय र व्यक्तिहरूलाई पनि आधुनिक डिजिटल उपकरणहरू प्रयोग गर्ने अवसर प्रदान गर्छ।
डिजिटल रूपमा जाेडिने – यसकाे उद्देश्य नवप्रवर्तन, सहकार्य र विश्वस्तरीय प्रतिस्पर्धामा जाेड दिन व्यक्तिदेखि व्यवसायसम्म नेपाललाई डिजिटल रूपमा जोड्नु हो ।
ग्लोबल डायरी नैं किन ?
ग्लोबल डायरी अस्तित्वमा आउनुको मुख्य कारण परम्परागत डिजिटल प्लेटफर्महरूले नेपाली प्रयोगकर्ता, व्यवसाय र विभिन्न निकायहरूलाई पर्ने वास्तविक समस्या समाधान गर्न नसक्नु हो।
व्यवसायका लागि डिजिटल खर्च करिब ६०% कटाैती गर्छ।
प्रयोगकर्ताका लागि → प्रमाणित सेवाहरू, स्थानीय रोजगारीका अवसर, व्यक्तिगत रुचिअनुसारको खोज र भरपर्दो सम्पर्कहरूको पहुँचमा पुर्याउँछ ।
सरकारका लागि → केन्द्रीय व्यवसायिक तथ्याङ्क, डिजिटल समावेशीकरणमा सहयोग र विदेशी डिजिटल प्लेटफर्ममा जाने वार्षिक १५० मिलियन अमेरिकी डलरभन्दा बढीको विज्ञापन खर्च रोक्न मद्दत पुर्याउने छ ।
अन्य प्लेटफर्महरूमध्ये ग्लोबल डायरी एउटा सम्पूर्ण समाधानकाे रुपमा लिइएको छ । यस प्लेटफर्मले स्थानीय स्तरमै विकास र विश्व बजारसम्म पुग्ने क्षमता राख्नेछ । यस्तै सस्तो , सबैलाई समेट्ने खालको तथा केवल सुविधा दिने मात्र नभई वास्तविक समस्या समाधान गर्ने, समुदाय–केन्द्रित विकासलाई अगाडि बढाउने माध्यमका रुपमा लिइएको छ ।
ग्लोबल डायरीले निम्न तीन पक्षलाई एउटै ठाउँमा जोड्दछ:
✔ व्यवसायहरू – सस्तो डिजिटल उपस्थिती निर्माण, ग्राहकसँग जाेडिने र दक्ष जनशक्ति नियुक्ति गर्न सक्षम।
✔ सामान्य प्रयोगकर्ता – Verified जानकारी, समाचार, इभेन्ट्स, अफरका अवसरहरू र सेवाहरू एउटै स्थानबाट पहुँचमा पुर्याउन सक्ने।
✔ विभिन्न निकाय – प्रभावकारी सेवा प्रदान, डिजिटल समावेशीकरण र सुरक्षित डेटा व्यवस्थापन सक्षम बनाउने।
ग्लोबल डायरीको नेतृत्व :
Global Diary लाई ठूलाे संख्याका अनुभवी तथा विज्ञ टोलीले नेतृत्व गरेको छ, जसमा नवप्रवर्तक, मार्केटर र व्यवसायिक व्यक्तित्वहरू सहभागी छन् ।
शेखर अर्याल –अध्यक्ष
कानुनकाे अध्ययन गर्नु भएका, ४० वर्षभन्दा बढी समय विभिन्र संघसंस्थाहरुमा काम गर्नु भएकाे,
सिद्धार्थ बैंकका पूर्व अध्यक्ष, चितवन अस्पताल प्रा. लि.का निर्देशक, NEDCO का वर्तमान् अध्यक्ष,
कम्पनीलाई वित्तीय, रणनीतिक र व्यवसायिक नेतृत्वमा दृढ मार्गदर्शन दिने
भगवान दास अग्रहरी – सह-संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत (CEO)
Banglore बाट B. Tech in ISE सफ्टवेयर उत्पादन विकास र टोली नेतृत्वमा विशेषज्ञ
सन्देश उप्रेती – सह-संस्थापक एवं प्रमुख वजार व्यवस्थापक (CMO)
MBA in Marketing, SBI का पूर्व सेल्स म्यानेजर, मार्केटिङ र व्यवसायिक वृद्धिमा विशेषज्ञता
किरण कँडेल – सह-संस्थापक एवं COM
डिजिटल मार्केटिङ विज्ञ, ब्रान्डलाई विस्तार गर्ने र क्याम्पेनहरू सफलतापूर्वक संचालन गर्ने अनुभव भएकाे
ग्लोबल डायरी नेतृत्वले प्राविधिक उत्कृष्टता, वजार व्यवस्थापनमा दक्ष र व्यवसायिक नेतृत्वलाई संयोजन गर्दै नेपालको डिजिटल रूपान्तरणमा ऐतिहासिक उपलब्धि हासिल गर्दैछ ।
ग्लोबल डायरीलाई फरक बनाउने कुरा के हो ?
* नेपाली सन्दर्भअनुसार डिजाइन गरिएको AI-सञ्चालित प्लेटफर्म
* स्थानीय सिर्जना र नवप्रवर्तन तर विश्वव्यापी स्तरको मापदण्ड भएकाे
* सस्तो, विस्तारयोग्य र समावेशी इकोसिस्टम भएकाे
* राष्ट्रिय डेटा सुरक्षा मजबुत बनाउने
निष्कर्षः ग्लोबल डायरी केवल सामाजिक सञ्जाल होइन, यो डिजिटल नेपालको सपना साकार पार्ने माध्यम हाे । नेपालमै बनाइएको, नेपाली जनतालाई प्राथमिकता दिइएको र विश्वसँग पनि प्रतिस्पर्धा गर्न सक्षम यस परियोजनाले डिजिटल समावेशिता, नवप्रवर्तन र सशक्तीकरणको नयाँ ढोका खोल्ने विश्वास गरिएकाे छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












