ताजा समाचार

सिन्धुपाल्चोकमा डेरीकाे भ्यान सुनकाेशीमा खस्याे चालक बेपत्ता !

काठमाडौं । अरनिको राजमार्गबाट दूध संकलन गर्ने भ्यान सुनकोशी नदीमा खस्दा चालक बेपत्ता भएका छन् । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ बाट आज बिहान करिब ५ः२० बजे भ्यान सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ ।

बा १२ च ६५९४ नम्बरको मारुती मिनी डेलिभरी भ्यान सडकबाट करिब ५० मिटर तल सुनकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिए । उक्त भ्यान काभ्रेको पनौती नगरपालिका–१०, पस्थलीका करिब २२–२३ वर्षका नवराज खुलालले चलाएका थिए ।

चौतारा साँगाचोकगढी–१०, सुकुटेमा रहेको सिन्धु दुग्ध डेरीको दूध संकलनका लागि सुकुटेबाट खाडिचौरतर्फ जाँदै गरेको उक्त गाडीमा चालक मात्र सवार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनापछि प्रहरी चौकी बलेफीबाट प्रहरी नायब निरीक्षक सुरेश प्रसाद गुप्ताको कमाण्डमा ४ जनाको टोली खटिएको छ । चालकको खोजतलास जारी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org