ग्लोबल आइएमई बैंकको ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक !
काठमाडाैं । ग्लोबल आइएमई बैंकले ‘गोल बेस्ड सेभिङ्ग’ योजना ल्याएको छ । यस योजनामा ग्लोबल आइएमई बैैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले बचत सुरुवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाहरुको सजिलैसँग वित्तीय व्यवस्थापन गर्न सक्नेछन्। यो योजनामा ग्राहकहरुले न्यूनतम् ५० हजार रुपैयाँदेखि अधिकतम् ५ लाख रुपैयाँसम्मको लक्ष्य रकम बचत गर्न सक्नेछन्।
बचत अवधि न्यूनतम ६ महिनादेखि अधिकतम दुई वर्षसम्म हुनेछ । ग्राहकले आफ्नो निर्धारित लक्ष्य प्राप्त गर्न मासिक कति पैसा बचत गर्नुपर्ने हो ? कति ब्याजदर प्राप्त हुन्छ ? र उक्त लक्ष्य कति समयमा पूरा हुन्छ ? भन्ने जानकारी मोबाइलबाटै प्राप्त गर्न सक्नेछन् ।
योजनामा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले विभिन्न शीर्षकमा बचत शुरुवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाको वित्तिय व्यवस्थापन गर्न सक्ने बैंकको भनाइ छ । बैंकका अनुसार मासिक आवश्यक रकम सिधैं प्राथमिक बचत खाता वा आफैंले तोकेको मितिमा मासिक आवश्यक रकम राख्ने भन्ने विकल्प पनि हुन्छ ।
ग्राहकले आफूले इच्छाएको रकम गोल बेस्ड सेभिङमा टप अपसमेत गर्न सक्नेछन् । योजनामा राउण्डअप सेभिङ्गको पनि सुविधा छ । यसअन्तर्गत ग्राहकले हरेक मर्चेन्ट क्यूआर भुक्तानी गर्दा कति पैसा उक्त निर्धारित लक्ष्य योजनामा बचत गर्ने भन्ने सुविधा पाउनेछन् ।
यो राउण्डअप सेभिङ्गमा नियरेस्ट टु, फ्ल्याट र प्रतिशत गरी तीन फरक विकल्प छन् । ग्राहकले आफ्नो आवश्यकताअनुरुप यो सुविधा सक्रिय र निष्क्रिय गर्न सक्ने बैंकले जनाएको छ । साथै, विकल्पहरु पनि आवश्यकताअनुसार परिवर्तन गर्न सकिने छ ।
नियरेस्ट टु छनौट गर्दा कतिको नजिक रकम छनौट गर्ने भनि उल्लेख गर्नुपर्छ । उदाहरणका लागि २२४ रुपैयाँ मर्चेन्ट क्युआरमा भुक्तानी गर्दा २५ मा सेट गरिएको छ भने एक रुपैयाँ निर्धारित लक्ष्य योजनामा बचत हुन्छ र ३० मा सेट गरिएको छ भने ६ रुपैयाँ बचत हुन्छ ।
फ्ल्याट रकम विकल्प छनौट गर्दा हरेक कारोबारमा कति रकम उक्त निर्धारित लक्ष्य योजनामा बचत गर्ने भन्ने हुन्छ । जस्तै एक सय रुपैयाँ फ्ल्याट रकम विकल्पमा छनौट गरिएको छ भने हरेक मर्चेन्ट क्यूआरमा भुक्तानी गर्दा एक सय रुपैयाँ बचत हुन्छ ।
प्रतिशत विकल्प छनौट गर्दा हरेक क्युआर भुक्तानीको रकममा निर्धारित प्रतिशत रकम सो योजनामा बचत हुन्छ । उदाहरणका लागि दश प्रतिशत छनौट गरिएको छ भने दुई सय रुपैयाँको क्युआर भुक्तानी गर्दा २० रुपैयाँ उक्त लक्ष्य योजनामा बचत हुन्छ ।
उक्त निर्धारित लक्ष्य योजनाको बचत रकममा बैंकले उच्चतम् ब्याजदर प्रदान गर्ने जनाएको छ । बैंकका मोबाइल प्रयोगकर्ताले आफ्नो मोबाइल बैंकिङ्ग एप ग्लोबल स्मार्ट प्लसमार्फत योजनामा जोडिएर बचत गर्न सक्नेछन् ।
ग्राहकले निर्धारित समयअगावै खाता बन्द गर्न र योजनाको सम्पूर्ण प्रक्रिया आफैंले मोबाइल बैंकिङ्गबाट सञ्चालन गर्न सक्ने बैंकको भनाइ छ । साथै, कारोबारको विवरण ग्राहकले ग्लोबल स्मार्ट प्लसमार्फत हेर्न सक्नेछन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












