ग्लोबल आइएमई बैंकको ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक !
काठमाडाैं । ग्लोबल आइएमई बैंकले ‘गोल बेस्ड सेभिङ्ग’ योजना ल्याएको छ । यस योजनामा ग्लोबल आइएमई बैैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले बचत सुरुवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाहरुको सजिलैसँग वित्तीय व्यवस्थापन गर्न सक्नेछन्। यो योजनामा ग्राहकहरुले न्यूनतम् ५० हजार रुपैयाँदेखि अधिकतम् ५ लाख रुपैयाँसम्मको लक्ष्य रकम बचत गर्न सक्नेछन्।
बचत अवधि न्यूनतम ६ महिनादेखि अधिकतम दुई वर्षसम्म हुनेछ । ग्राहकले आफ्नो निर्धारित लक्ष्य प्राप्त गर्न मासिक कति पैसा बचत गर्नुपर्ने हो ? कति ब्याजदर प्राप्त हुन्छ ? र उक्त लक्ष्य कति समयमा पूरा हुन्छ ? भन्ने जानकारी मोबाइलबाटै प्राप्त गर्न सक्नेछन् ।
योजनामा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले विभिन्न शीर्षकमा बचत शुरुवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाको वित्तिय व्यवस्थापन गर्न सक्ने बैंकको भनाइ छ । बैंकका अनुसार मासिक आवश्यक रकम सिधैं प्राथमिक बचत खाता वा आफैंले तोकेको मितिमा मासिक आवश्यक रकम राख्ने भन्ने विकल्प पनि हुन्छ ।
ग्राहकले आफूले इच्छाएको रकम गोल बेस्ड सेभिङमा टप अपसमेत गर्न सक्नेछन् । योजनामा राउण्डअप सेभिङ्गको पनि सुविधा छ । यसअन्तर्गत ग्राहकले हरेक मर्चेन्ट क्यूआर भुक्तानी गर्दा कति पैसा उक्त निर्धारित लक्ष्य योजनामा बचत गर्ने भन्ने सुविधा पाउनेछन् ।
यो राउण्डअप सेभिङ्गमा नियरेस्ट टु, फ्ल्याट र प्रतिशत गरी तीन फरक विकल्प छन् । ग्राहकले आफ्नो आवश्यकताअनुरुप यो सुविधा सक्रिय र निष्क्रिय गर्न सक्ने बैंकले जनाएको छ । साथै, विकल्पहरु पनि आवश्यकताअनुसार परिवर्तन गर्न सकिने छ ।
नियरेस्ट टु छनौट गर्दा कतिको नजिक रकम छनौट गर्ने भनि उल्लेख गर्नुपर्छ । उदाहरणका लागि २२४ रुपैयाँ मर्चेन्ट क्युआरमा भुक्तानी गर्दा २५ मा सेट गरिएको छ भने एक रुपैयाँ निर्धारित लक्ष्य योजनामा बचत हुन्छ र ३० मा सेट गरिएको छ भने ६ रुपैयाँ बचत हुन्छ ।
फ्ल्याट रकम विकल्प छनौट गर्दा हरेक कारोबारमा कति रकम उक्त निर्धारित लक्ष्य योजनामा बचत गर्ने भन्ने हुन्छ । जस्तै एक सय रुपैयाँ फ्ल्याट रकम विकल्पमा छनौट गरिएको छ भने हरेक मर्चेन्ट क्यूआरमा भुक्तानी गर्दा एक सय रुपैयाँ बचत हुन्छ ।
प्रतिशत विकल्प छनौट गर्दा हरेक क्युआर भुक्तानीको रकममा निर्धारित प्रतिशत रकम सो योजनामा बचत हुन्छ । उदाहरणका लागि दश प्रतिशत छनौट गरिएको छ भने दुई सय रुपैयाँको क्युआर भुक्तानी गर्दा २० रुपैयाँ उक्त लक्ष्य योजनामा बचत हुन्छ ।
उक्त निर्धारित लक्ष्य योजनाको बचत रकममा बैंकले उच्चतम् ब्याजदर प्रदान गर्ने जनाएको छ । बैंकका मोबाइल प्रयोगकर्ताले आफ्नो मोबाइल बैंकिङ्ग एप ग्लोबल स्मार्ट प्लसमार्फत योजनामा जोडिएर बचत गर्न सक्नेछन् ।
ग्राहकले निर्धारित समयअगावै खाता बन्द गर्न र योजनाको सम्पूर्ण प्रक्रिया आफैंले मोबाइल बैंकिङ्गबाट सञ्चालन गर्न सक्ने बैंकको भनाइ छ । साथै, कारोबारको विवरण ग्राहकले ग्लोबल स्मार्ट प्लसमार्फत हेर्न सक्नेछन् ।
Comments
अरु समाचार
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...












