ओपन एआई बन्यो संसारकै मूल्यवान कम्पनी
काठमाडौं । च्याटजीपीटी लगायत कृत्रिम बौद्धिकता प्रविधिको विकासमा अग्रणी कम्पनी ओपनएआई हालैको शेयर बिक्रीपश्चात संसारकै सबैभन्दा मूल्यवान निजी कम्पनी बनेको छ ।
ब्लुमबर्गमा प्रकाशित समाचार अनुसार, कम्पनीको पछिल्लो मूल्यांकन ५०० अर्ब अमेरिकी डलर पुगेको छ, जसले एलन मस्कको कम्पनी स्पेसएक्सलाई समेत पछाडि पारेको छ । स्पेसएक्सको पछिल्लो मूल्यांकन ३ सय ५० अर्ब अमेरिकी डलर छ ।
यो मूल्यांकन सेकेन्डरी स्टक सेलमार्फत भएको हो, जसमा कम्पनीका वर्तमान र पूर्व कर्मचारीहरूले करिब ६ दशमलव ६ अर्ब डलर बराबरको शेयर बिक्री गरेका थिए । यस शेयर खरिदमा सहभागी प्रमुख लगानीकर्ताहरूमा थ्राइभ क्यापिटल, सफ्टबैंक, एमजीएक्स अबुधावी लगायतका प्रतिष्ठित लगानी संस्था सामेल थिए ।
सन २०२५ को सुरुमा मात्र ओपन एआईको अनुमानित मूल्यांकन ३०० अर्ब डलर थियो । च्याटजीपीटी जस्ता उत्पादनको लोकप्रियता र व्यावसायिक विस्तारका कारण कम्पनीले छोटो समयमा मूल्य वृद्धिमा उल्लेखनीय फड्को मारेको हो । ओपनएआई हालसम्म प्रत्यक्ष रुपमा मुनाफामा पुगेको छैन, तर कम्पनीको आम्दानी र प्रयोगकर्ताको संख्यामा तीव्र वृद्धि हुँदै गएकाले लगानीकर्ताहरू उत्साहित छन् ।
कम्पनीले करिव १० अर्ब डलरको सेयर बिक्रीका लागि अनुमति दिएको भए पनि ६.६ अर्ब डलरको माक्र बिक्री भएको छ । अर्थात् लगानीकर्ताहरु अझै पनि कम्पनीको सेयर होल्ड गर्न चाहिरहेका छन् ।
यस घटनासँगै ओपन एआईले विश्वको अग्रणी स्टार्टअपको रुपमा आफूलाई स्थापित गरेको छ । प्रविधि क्षेत्रको प्रतिस्पर्धामा यसले महत्वपूर्ण मोड ल्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...












