ताजा समाचार

सुनको भाउ बढेकाे बढ्यै, तोलाको २ लाख ३५ हजार चार सय पुग्यो !

काठमाडाैं । नेपाली बजारमा मङ्गलबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मङ्गलबार सुन तोलामा २ हजार तीन सय रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार मङ्गलबार छापावाल सुन प्रतितोला २ लाख ३५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला २ लाख ३३ हजार एक सय रुपैयाँ कायम थियो ।

यता, महासंघका अनुसार मङ्गलबार चाँदीको मूल्य स्थिर छ । सोमबार प्रतितोला दुई हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही कायम छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org