ताजा समाचार

नेप्सेको लगातार ओरालो यात्रा कायमै, आज ४५ अंकले घट्याे !

काठमाडाैं । दशैं बिदापछि मंगलबार खुलेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबारको दिन ५८.५५ अंकले घटेको थियो भने बुधबार पनि ठूलो गिरावट आएको छ ।

बुधबार नेप्सेमा ५ अर्ब ७६ करोड २७ लाख १ हजार रुपैयाँको कारोबार हुँदा ४५.३६ अंकले घटेर २५५९.५९ अंकमा आइपुगेको हो ।

बुधबार नेप्सेमा कारोबार भएकामध्ये २३२ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने १८ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य भने आज स्थिर रह्यो ।

आजको कारोबारमा सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७ को बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने प्रभु इन्स्योरेन्सको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । नेप्से परिसूचक घटेसँगै बुधबार सबै उपसमूहको सूचक पनि नकारात्मक रह्यो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org