भ्रष्ट कर्मचारीको चंगुलमा एनटीसी, सविनादेखि शालिग्राममाथि होला कारबाही ?
काठमाडाैं । जेनजी आन्दोलनपछि सरकारको नेतृत्व फेरियो । राजनीतिक वातावरण विथोलियो । तर, पूर्वसञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङका आइटी सल्लाहकार शालिग्राम पराजुलीको भने भाग्य चम्किएको छ ।
शालिग्राम र अर्का एक निजी कम्पनीका मालिकको स्वार्थका कारण नेपालको भविष्यमाथि नै संकट मडारिन पुगेको र सामाजिक सञ्जाल बन्ददेखि अन्य विषयमा लुकामारी खेलेको तथ्य बाहिरिएको हो ।
शक्तिशाली पद ओगट्न माहिर नेपाल टेलिकमका चिफ टेक्निकल अफिसर (सीटीओ) शालिग्रामलाई नेपाल टेलिकमकी निमित्त एमडी सविना मास्के प्रधानले आफूलाई टेलिकमको जिम्मेवारी दिन सहयोग गरेको भन्दै सीटीओ पद पुरस्कार स्वरुप पाएका हुन् ।
नेपाल टेलिकममा कार्यरत शालिग्राम पराजुली भने तत्कालीन सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङको आइटी सल्लाहकार बनेको बेला सविनालाई टेलिकमको निमित्त एमडीमा नियुक्त गर्न भूमिका खेल्ने पात्र हुन् । त्यो बेला तत्कालीन सञ्चारमन्त्री गुरुङको आइटी सल्लाहकार हुँदा टेलिकमकी तत्कालीन एमडी संगिता प्रधानमाथि लागेको भ्रष्टाचारको आरोपपछि पराजुलीले सविनालाई निमित्तको भूमिकामा पुर्याउन ठूलो भूमिका खेलेका थिए । यहि भूमिकाको लाभ अहिले पराजुलीलाई आइपरेको स्रोतको दाबी छ ।
यता, सविना भ्रष्ट कर्मचारी रहेको टेलिकम स्रोतको दाबी छ । उनका श्रीमानले समेत टेलिकमको बिलिङ प्रक्रियामा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा खेपिरहेका छन् । यी विषयमा न्यूज नेपालले प्रतिक्रिया लिनका लागि उनलाई सम्पर्क गर्दा सम्पर्कमा आउनै चाहिनन् । भने शालिग्रामले भने ठूलो स्वरमा आफू स्वच्छ छवीको मान्छे भन्दै हकार्ने गरेका छन् ।
केपी ओली नेतृत्वको सरकारमा लाभमाथि लाभ लिएका शालिग्राम अन्तरिम सरकारको हिट लिस्टमा हुनुपर्ने पात्र भएपनि सविनालाई सञ्चारमन्त्रीको सल्लाहकार हुँदा दिलाएको नियुक्तिकै कारण मुख्य जिम्मेवारीमा पुग्न सफल भएका हुन् । टेलिकमको सीटीओ महत्वपूर्ण पद हो । जसले टेलिकमको टेक्निकल विषयमा सम्पूर्ण काम गर्ने गरेको छ ।
पराजुली तत्कालीन प्रधानमन्त्री केपी ओलीका आइटी विज्ञ अस्गर अलीका नजिकका मान्छे रहेको स्रोतको दाबी छ । अस्गरसंगको बाक्लो उठबसकै कारण पराजुलीले टेलिकममा बबण्डर नै मच्चाएका थिए ।
अस्गर इसेवाका लगानीकर्ता हुन भने एफवान सफ्टका समेत प्रतिनिधि हुन् । ओली प्रधानमन्त्री हुँदा लाभको पद लिइरहने अस्गरमाथि समाचार डिलिट गराएको आरोप समेत लागेको थियो ।
कसरी डुबाए अस्गर र शालिग्रामले नेपाललाई ?
जेनजी आन्दोलनअघि सरकारले सामाजिक सञ्जाल दर्ता नभई चल्न नदिने भन्दै बन्द गरिदियो । त्यो बेला सरकारले लिएको निर्णयको विरोधकै स्वरुप जेनजी आन्दोलन हुन पुगेको हो ।
सरकारले यसरी सामाजिक सञ्जाल बन्द गर्ने स्थिति बन्नुका पछाडी भने अस्गर र शालिग्रामले गरेको अवैध बार्गेनिङ नै रहेको जानकार स्रोतको दाबी छ । न्यूज नेपालसंग सम्पर्कमा आएको स्रोतले भन्यो, ‘फेसबुक, एक्स जस्ता ठूला र याजन्ट कम्पनीले सूचीकरण गर्ने भन्दै सम्पर्कमा आएका थिए । त्यो बेला अस्गर र शालिग्रामले नै नेपाली एजेन्ट बन्न उनीहरुसंग अेनक बार्गेनिङ गर्दै दुख दिएपछि सामाजिक सञ्जालहरु दर्ता हुन कठिन रहेछ भन्दै रिसाएर गएका हुन् । यी दुई पात्रको काम थाहा पाएर रोकेको भएमात्रै पनि सूचीकरण सामान्य विषय थियो । यस्तो हुदैनथियो ।’
उसोतः यो विषयमा अस्गर र शालिग्रामले स्थानीय एजेन्ट बन्ने चक्करमा लाग्दा सामाजिक सञ्जाल बन्दको स्थिति बनेको र पृथ्बीसुब्बा गुरुङ समेत गुमराहमा रहन पुगेको जनआस्था साप्ताहिकले समेत सार्वजनिक गरिसकेको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











