भ्रष्ट कर्मचारीको चंगुलमा एनटीसी, सविनादेखि शालिग्राममाथि होला कारबाही ?
काठमाडाैं । जेनजी आन्दोलनपछि सरकारको नेतृत्व फेरियो । राजनीतिक वातावरण विथोलियो । तर, पूर्वसञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङका आइटी सल्लाहकार शालिग्राम पराजुलीको भने भाग्य चम्किएको छ ।
शालिग्राम र अर्का एक निजी कम्पनीका मालिकको स्वार्थका कारण नेपालको भविष्यमाथि नै संकट मडारिन पुगेको र सामाजिक सञ्जाल बन्ददेखि अन्य विषयमा लुकामारी खेलेको तथ्य बाहिरिएको हो ।
शक्तिशाली पद ओगट्न माहिर नेपाल टेलिकमका चिफ टेक्निकल अफिसर (सीटीओ) शालिग्रामलाई नेपाल टेलिकमकी निमित्त एमडी सविना मास्के प्रधानले आफूलाई टेलिकमको जिम्मेवारी दिन सहयोग गरेको भन्दै सीटीओ पद पुरस्कार स्वरुप पाएका हुन् ।
नेपाल टेलिकममा कार्यरत शालिग्राम पराजुली भने तत्कालीन सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङको आइटी सल्लाहकार बनेको बेला सविनालाई टेलिकमको निमित्त एमडीमा नियुक्त गर्न भूमिका खेल्ने पात्र हुन् । त्यो बेला तत्कालीन सञ्चारमन्त्री गुरुङको आइटी सल्लाहकार हुँदा टेलिकमकी तत्कालीन एमडी संगिता प्रधानमाथि लागेको भ्रष्टाचारको आरोपपछि पराजुलीले सविनालाई निमित्तको भूमिकामा पुर्याउन ठूलो भूमिका खेलेका थिए । यहि भूमिकाको लाभ अहिले पराजुलीलाई आइपरेको स्रोतको दाबी छ ।
यता, सविना भ्रष्ट कर्मचारी रहेको टेलिकम स्रोतको दाबी छ । उनका श्रीमानले समेत टेलिकमको बिलिङ प्रक्रियामा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा खेपिरहेका छन् । यी विषयमा न्यूज नेपालले प्रतिक्रिया लिनका लागि उनलाई सम्पर्क गर्दा सम्पर्कमा आउनै चाहिनन् । भने शालिग्रामले भने ठूलो स्वरमा आफू स्वच्छ छवीको मान्छे भन्दै हकार्ने गरेका छन् ।
केपी ओली नेतृत्वको सरकारमा लाभमाथि लाभ लिएका शालिग्राम अन्तरिम सरकारको हिट लिस्टमा हुनुपर्ने पात्र भएपनि सविनालाई सञ्चारमन्त्रीको सल्लाहकार हुँदा दिलाएको नियुक्तिकै कारण मुख्य जिम्मेवारीमा पुग्न सफल भएका हुन् । टेलिकमको सीटीओ महत्वपूर्ण पद हो । जसले टेलिकमको टेक्निकल विषयमा सम्पूर्ण काम गर्ने गरेको छ ।
पराजुली तत्कालीन प्रधानमन्त्री केपी ओलीका आइटी विज्ञ अस्गर अलीका नजिकका मान्छे रहेको स्रोतको दाबी छ । अस्गरसंगको बाक्लो उठबसकै कारण पराजुलीले टेलिकममा बबण्डर नै मच्चाएका थिए ।
अस्गर इसेवाका लगानीकर्ता हुन भने एफवान सफ्टका समेत प्रतिनिधि हुन् । ओली प्रधानमन्त्री हुँदा लाभको पद लिइरहने अस्गरमाथि समाचार डिलिट गराएको आरोप समेत लागेको थियो ।
कसरी डुबाए अस्गर र शालिग्रामले नेपाललाई ?
जेनजी आन्दोलनअघि सरकारले सामाजिक सञ्जाल दर्ता नभई चल्न नदिने भन्दै बन्द गरिदियो । त्यो बेला सरकारले लिएको निर्णयको विरोधकै स्वरुप जेनजी आन्दोलन हुन पुगेको हो ।
सरकारले यसरी सामाजिक सञ्जाल बन्द गर्ने स्थिति बन्नुका पछाडी भने अस्गर र शालिग्रामले गरेको अवैध बार्गेनिङ नै रहेको जानकार स्रोतको दाबी छ । न्यूज नेपालसंग सम्पर्कमा आएको स्रोतले भन्यो, ‘फेसबुक, एक्स जस्ता ठूला र याजन्ट कम्पनीले सूचीकरण गर्ने भन्दै सम्पर्कमा आएका थिए । त्यो बेला अस्गर र शालिग्रामले नै नेपाली एजेन्ट बन्न उनीहरुसंग अेनक बार्गेनिङ गर्दै दुख दिएपछि सामाजिक सञ्जालहरु दर्ता हुन कठिन रहेछ भन्दै रिसाएर गएका हुन् । यी दुई पात्रको काम थाहा पाएर रोकेको भएमात्रै पनि सूचीकरण सामान्य विषय थियो । यस्तो हुदैनथियो ।’
उसोतः यो विषयमा अस्गर र शालिग्रामले स्थानीय एजेन्ट बन्ने चक्करमा लाग्दा सामाजिक सञ्जाल बन्दको स्थिति बनेको र पृथ्बीसुब्बा गुरुङ समेत गुमराहमा रहन पुगेको जनआस्था साप्ताहिकले समेत सार्वजनिक गरिसकेको छ ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...












