ताजा समाचार

सिन्धुलीमा श्रीमतीको ढुङ्गा प्रहारबाट श्रीमानको मृत्यु

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–६ पानीटंकीमा श्रीमतीको ढुङ्गा प्रहारबाट श्रीमानको मृत्यु भएको छ ।

वर्ष ५५ को बुद्धसिं वाइबालाई घरायसी बिवादको कारण श्रीमती वर्ष ४८ की राधिका वाइबाले यही कात्तिक १ गते ढुंगाले टाउकोमा प्रहार गरी घाइते गराएकोमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

ढुंगाले टाउकोमा प्रहार गरी घाइते भएका बुद्धसिंको सिन्धुली अस्पताल तथा थप उपचारको लागि सोही दिन बाँसबारी न्युरो अस्पतालमा लगिएको थियो ।

अस्पतालबाट चिकित्सकले थप उपचार नहुने भनी उनलाई घर फिर्ता पठाएका थिए । घर फिर्ता भएपछि सिराहाको कर्जन्हा नगरपालिका–५ स्थित ससुरालीमा राखिएको थियो ।

ढुंगा प्रहार गर्ने श्रीमतीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पक्राउ गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org