ताजा समाचार

नेपाली कम्युनिस्ट पार्टीसंगको एकता वार्तापछि जसपाले बोलायो बैठक

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीसंग अशोक राई नेतृत्वको जनत समाजवादी पार्टीको एकीकरणको वार्ता सघन रुपमा अघि बढेको छ ।

एकता वार्ता सकारात्मक बनेपछि जसपा अध्यक्ष राईले मंसिर १ गते कार्यकारिणी समितिको बैठक बोलाएका छन् ।

शनिवार पेरिसडाँडामा भएको वार्ता सकारात्मक बनेको नेताहरुले जनाएका छन् । वार्ता सकारात्मक बनेपछि छिटो एकता गर्ने गरि तयारी चलिरहेको बताइएको छ । छलफललाई जारी राख्ने गरि कुरा भएको समेत बताइएको छ ।

छलफलमा जसपाको वार्ता टोली संयोजक राजेन्द्र श्रेष्ठ नेतृत्वको टोली सहभागी थियो । नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट प्रमेश हमालसहित देव गुरुङ र वर्षमान पुन सहभागी थिए ।

आगामी चुनावमा एकता गरेर जाने वा मोर्चाबन्दी गर्ने भन्ने विषयमा छलफल चलिरहेको जसपाले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org