संवैधानिक आयोगका पदाधिकारी सराप्दै दुबई उडे प्राधिकरणमा डीजी प्रदीप अधिकारी
काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक प्रदीप अधिकारी संवैधानिक आयोगका पदाधिकारीलाई लल्कार्दै दुबईका लागि उडेका छन् ।
जेनजी आन्दोलनका क्रममा समेत खतरामा परेका अधिकारीले विमानस्थलमा समेत संवैधानिक निकायका अधिकारीलाई सराप्दै हिडेको बताइन्छ ।
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका छोरालाई हेलिकप्टरमा सवार गराइरहने अधिकारी एयर शो मा सहभागी हुन भन्दै दुबई उडेका हुन् ।
नेपाली नागरिकलाई भिसा दिन आनाकानी गरिरहेको दुबईमा अधिकारी किन गए ? भ्रष्ट आचरणकाबीच पनि उनी किन दुबई गइरहन्छन् ? यस्ता तमाम प्रश्नको उत्तम जवाफ भने पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई राम्रो थाहा भएको जानकार स्रोतहरुले भन्ने गरेका छन् ।
पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको प्रतिवेदन दिने संसदीय समिति र अख्तियारका पदाधिकारीमाथि आक्रोश पोख्दै हिडेका अधिकारी विवादास्पद व्यवसायी दीपक भट्टका नजिकका साझेदार समेत मानिन्छन् ।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले अब आफू सरकारको नेतृत्वमा पुग्ने र पुनःनियुक्ति दिने बचन नै दिएको स्रोतको दाबी छ । उसोतः अधिकारीले अनाधिकृत रुपमा श्रेष्ठको परिवार र दीपक भट्टलाई पोस्न र खुशी पार्नका लागि हेलिकोप्टरको दुरुपयोग समेत गर्ने गरेको आरोप लाग्ने गरेको छ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











