संवैधानिक आयोगका पदाधिकारी सराप्दै दुबई उडे प्राधिकरणमा डीजी प्रदीप अधिकारी
काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक प्रदीप अधिकारी संवैधानिक आयोगका पदाधिकारीलाई लल्कार्दै दुबईका लागि उडेका छन् ।
जेनजी आन्दोलनका क्रममा समेत खतरामा परेका अधिकारीले विमानस्थलमा समेत संवैधानिक निकायका अधिकारीलाई सराप्दै हिडेको बताइन्छ ।
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका छोरालाई हेलिकप्टरमा सवार गराइरहने अधिकारी एयर शो मा सहभागी हुन भन्दै दुबई उडेका हुन् ।
नेपाली नागरिकलाई भिसा दिन आनाकानी गरिरहेको दुबईमा अधिकारी किन गए ? भ्रष्ट आचरणकाबीच पनि उनी किन दुबई गइरहन्छन् ? यस्ता तमाम प्रश्नको उत्तम जवाफ भने पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई राम्रो थाहा भएको जानकार स्रोतहरुले भन्ने गरेका छन् ।
पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको प्रतिवेदन दिने संसदीय समिति र अख्तियारका पदाधिकारीमाथि आक्रोश पोख्दै हिडेका अधिकारी विवादास्पद व्यवसायी दीपक भट्टका नजिकका साझेदार समेत मानिन्छन् ।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले अब आफू सरकारको नेतृत्वमा पुग्ने र पुनःनियुक्ति दिने बचन नै दिएको स्रोतको दाबी छ । उसोतः अधिकारीले अनाधिकृत रुपमा श्रेष्ठको परिवार र दीपक भट्टलाई पोस्न र खुशी पार्नका लागि हेलिकोप्टरको दुरुपयोग समेत गर्ने गरेको आरोप लाग्ने गरेको छ।
Comments
अरु समाचार
-
राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य रुपमा मनाइने
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने भएको छ । २००७ साल फागुन ७ गते नेपालमा राणाशासनको अन्त्य गरी...
-
कोइलाखानी विस्फोटमा दाजुभाइको मृत्यु
काठमाडौं । भारतको उत्तर पूर्वमा पार्ने मेघालय राज्यको एक कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिकाका एकै घरका २ दाजुभाइको...
-
निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम
काठमाडौँ। निर्वाचन आयोगले विभिन्न २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको जनाएको छ । आयोगले उपलब्ध गराएको विवरणअनुसार...
-
भण्डारीले सिध्याए निर्वाचन आयोगको साख, अधिकारै नभएको न्यायाधीश नियुक्तिमा लगाम !
काठमाडाैं । नेपाली कांग्रेसको आधिकारिकता विवादमा संस्थापन पक्षको भनाइ राख्ने मौकासमेत नदिई एकोहोरो गगन थापा समूहलाई बैधानिकता दिएपछि विवादमा परेको...
-
निर्वाचन सुरक्षाका लागि आजदेखि फिल्डमा नेपाली सेना
काठमाडौं । आगामी निर्वाचनमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्ने क्रममा आजदेखि नेपाली सेना परिचालन गरिएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ,...
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
रुस–युक्रेनबीच युद्ध अन्त्य गर्न युएईमा वार्ता शुरु हुने पुष्टि
किएभ । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधवारदेखि नयाँ चरणको वार्ता शुरु हुने पुष्टि...
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...











