थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमको मध्यस्थतामा युद्धविराम भएको थियो।
सोमबार दुवै देशले एक अर्कामाथि युद्धविराम उल्लंघनको आरोप लगाउँदै हमला गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। यसले दुई देशबीच पुनः संकट उत्पन्न हुने संकेत गरेको छ।
सोमबार बिहान दुवै देशले एक अर्कामाथि सीमानामा पहिले हमला गरेको आरोप लगाएका छन्। थाइ सेनाले कम्बोडियाली सेनाबाट भएको गोलाबारीमा परी आफ्नो एक सैनिकको मृत्यु र दुई जना घाइते भएपछि जबाफस्वरू हवाई आक्रमण गरेको बताएको छ।
थाइ सेनाका मेजर जनरल विन्थाइ सुवारीले चोङ आन मा पास क्षेत्रमा रहेका कम्बोडियाका सैन्य समर्थन केन्द्रहरूलाई लक्ष्य बनाएर आक्रमण गरिएको बताएका छन्। उनका अनुसार ती स्थानबाट थाइल्याण्डको एनुपोङ बेसमा तोप र मोर्टार प्रहार गरिएको थियो।
अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार कम्बोडियाले स्थानीय समयअनुसार बिहान ३ बजेपछि सीमा क्षेत्रमा गोलाबारी सुरु गरेको थियो। तर कम्बोडियाली सेनाले भने बिहान ५ः०४ बजे थाइ सेनाले नै आफ्ना फौजमाथि आक्रमण गरेको आरोप लगाएको छ। कम्बोडियाले पछिल्ला दिनहरूमा थाइल्यान्डले सीमानामा उत्तेजक गतिविधि गरेको आरोप लगाएको छ।
सीमानामा तनावपछि थाइल्यान्डले सीमा क्षेत्रका करिब ७० प्रतिशत नागरिकलाई सुरक्षित स्थानमा सारेको सिएनएनले जनाएको छ। उद्धारका क्रममा एक जना सर्वसाधारणको मृत्यु भएको पुष्टि गरिएको छ।
यसअघि जुलाई महिनामा दुई देशबीच पाँच दिनसम्म चलेको झडपमा दर्जनौंको ज्यान गएको थियो भने दुई लाख हाराहारीमा नागरिकहरू विस्थापित भएका थिए। जुलाई २८ मा ट्रम्पको पहलमा युद्धविराम भएको र अक्टोबर अन्त्यतिर मलेसियाको क्वालालम्पुरमा युद्धविराम सम्झौतामा हस्ताक्षर भएको थियो।
तर सम्झौता भएको दुई साताभित्रै सीमा क्षेत्रमा ल्यान्डमाइन विस्फोटमा थाइ सैनिक घाइते भएपछि थाइल्यान्डले सम्झौताको प्रगतिलाई रोकिदिएको थियो। दुई देशबीच सीमानाको विषयमा दशकौंदेखि विवाद चल्दै आएको छ।
Comments
अरु समाचार
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइ सुरु
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचार सम्बन्धी मुद्दाको सुनुवाइ विशेष अदालतमा सुरु भएको छ। अख्तियार...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
युवा नेता उमेश आचार्यले एमाले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने !
काठमाडौं । नेकपा एमालेका युवा नेता उमेश आचार्यले पार्टीको ११औं राष्ट्रिय महाधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। बि.स.२०५८...
-
‘अब फेरि हाहुकै भरमा सरकार बन्दैन, निर्वाचन पछि एमालेकै बन्छ’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि फेरि पनि एमाले सरकारमा आउने बताएका छन् । शनिबार एमाले...
-
निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक तर्फको कार्यक्रम आजदेखि सुरु !
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...












