जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप खेपेका ऊर्जामन्त्री कुलमान घिसिङलाई सर्वोच्चले झड्का दिएको छ ।
हितेन्द्रदेव शाक्यमाथि प्रतिशोधपूर्ण ढंगले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएका कुलमानविरुद्ध सर्वोच्चले परमादेशमार्फत निर्णय खारेज गरिदिएको हो ।
उसोतः कुलमानले सर्वोच्चका केहि न्यायाधीशदेखि दीपक खड्का र हितेन्द्रदेवको घर जलाउने मानिसहरु समेत एउटै रहेको र उनीहरुलाईकुलमानले परिचालन गरेको आरोप छ । ‘जाँचबुझ आयोगले कुलमानको मोबाइल सिज गरेर अनुसन्धान गर्नुपर्छ । जेनजी आन्दोलनको बेला आफूलाई अब्बल सावित गराउन आगलागीमा समेत उत्रिएका कुलमानले परिचालन गरेका मानिसहरुको कनेक्सन सहजै फेला पर्छ ।’ स्रोतले न्यूज नेपाललाई भन्यो ।
जेनजी आन्दोलनको बलमा अन्तरिम सरकारको ऊर्जामन्त्री बन्न पुगेका कुलमानले हितेन्द्रदेवलाई अन्यत्र सरुवा गर्दै अन्यायमाथि अन्यायको भारी बोकाएका थिए । त्यो निर्णयमा सर्वोच्चले ‘पूर्वाग्रही’ ‘प्रतिशोधपूर्ण’ र ‘स्वेच्छाचारी’ ढंगले प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको भन्दै अदालतले त्यसविरुद्ध परमादेशकाे आदेश जारी गरेको हो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शाक्यलाई पुनर्स्थापित गर्ने आदेश दिएपछि उनले अब विद्युत् प्राधिकरणमा आफ्नो कार्यकालभरि काम गर्न पाउनेछन् । यससँगै कुलमानविरुद्ध शाक्यले विगत पाँच वर्षदेखि लडिरहेको न्यायिक लडाइँ जितेका छन् ।
न्यायाधीशद्वयले आफ्नो संक्षिप्त परमादेशमा भनेका छन्, ‘शाक्यलाई सो पदबाट हटाउने विभागीय मन्त्रीको प्रस्ताव नै पूर्वाग्रह र प्रतिशोधपूर्ण देखिन आयो । त्यस्तो प्रस्तावमा आधारित भई गरेको निर्णय तथा कामकारबाहीलाई स्वच्छ, न्यायसंगत र उचित कारणमा आधारित निर्णय भनी मान्न मिलेन । मिसिलको मुहार (अन द फेस अफ रेकर्ड) बाटै स्वेच्छाचारी देखिएका यस्ता निर्णय तथा कामकारबाहीहरू कानून र न्यायको रोहमा कायम रहन सक्ने देखिएन ।’
विद्युत प्राधिकरणमा लामो समयदेखि कुलमान घिसिङको भ्रष्टाचारलाई साथ दिदै आएका मनोज सिलवाललाई आफू विभागीय जिम्मेवारीमा आएपछि हितेन्द्रलाई हटाएर ल्याएका थिए ।
हितेन्द्रलाई तत्कालीन समयमा पनि महाअभियोग लागेका पूर्वप्रधानन्यायाधीश चोलन्द्र शमशेरलाई सेटिङ मिलाएर मुद्दाको पालो नै नआउने स्थिति सिर्जना गरेका थिए । जसमा अदालतलाई प्रभावित पार्न कुलमानले विभिन्न ठाउँमा पैसा समेत खर्चिएका थिए ।
तत्कालीन कार्यकारी निर्देशक घिसिङलाई बर्खास्त गरी अघिल्लो सरकारले ११ चैत २०८१ मा शाक्यलाई प्राधिकरणको प्रमुखमा नियुक्त गरेको थियो । त्यस निर्णयविरुद्ध घिसिङ सर्वोच्च अदालत गए पनि अन्तरिम आदेश पाएका थिएनन् ।
यस्तै, कुलमानले राजनीतिको स्वादमात्रै नभई सत्ताको स्वादमा लिप्त रहन आफूले खोलेको पार्टीमा संलग्न नभई सत्ताबाट अनेक तिकडम गरेर निर्वाचनमा जाने तयारी गरेको स्रोतको दाबी छ । उसोतः कुलमानले पछिल्लो समय विभिन्न ठेक्का तोड्दै आएका छन् । जसमा रकम बुझाउने बद्नाम ठेकेदारको योजनामा भने कुनै एक्सन नचालिएको बताइन्छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : ड्रिम्स मोबिलिटी
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक ड्रिम्स मोबिलिटी प्रालिले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै रहेको...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











