ताजा समाचार

समानुपातिक सूची बुझाउँदै गर्दा आयोगमा जेन-जीको नाराबाजी

काठमाडौं । निर्वाचन आयोगमा जेनजी युवाले नाराबाजी गरेका छन् । जेनजीको माग पूरा गर्न माग गर्दै युवाहरुले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन् ।

उनीहरुले निर्वाचन धोका हो भन्दै नाराबाजी गरिरहेका छन् । निर्वाचन प्रक्रिया बन्द गर्न माग गर्दै युवाहरुले ‘निकास अनि निर्वाचन’ भन्दै नाराबाजी गरेका छन् ।

जेनजी हत्याराहरुलाई कारबाहीको माग गर्दै उनीहरुले निर्वाचन बहिष्कार गर्ने बताएका छन् । आयोग परिसरभित्रै प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई बाहिर निकालेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org